Email :54
कैलाली । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् ।
झडपमा परेर डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका छन् । उनीहरूको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चुनाव प्रचार प्रसारको लागि घरदैलो गर्ने क्रममा जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा झडप भएको हो ।














Comments are closed