Shopping cart

  • Home
  • समाज
  • “बुद्धिज्म एन्ड लाइफ स्किल्स” कार्यक्रममार्फत करुणा, शान्ति र जीवन ज्ञानको सन्देश प्रवाह गरिने
अन्तर्राष्ट्रिय

“बुद्धिज्म एन्ड लाइफ स्किल्स” कार्यक्रममार्फत करुणा, शान्ति र जीवन ज्ञानको सन्देश प्रवाह गरिने

Email :142

काठमाडौं ।  हिमाली बौद्ध पात्रोअनुसार अत्यन्त पुण्यमय मानिने पवित्र सागा दावा महिनाको अवसरमा “Buddhism and Life Skills”अर्थात् “बौद्ध दर्शन र जीवन उपयोगी सीप” विषयक विशेष धार्मिक तथा आध्यात्मिक प्रवचन कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम आगामी मे २३, २०२६ शनिबार साँझ ३ बजेदेखि ५ बजेसम्म काठमाडौंको बौद्धस्थित रामनगर पार्टी प्यालेसमा सञ्चालन हुने आयोजक एनके इन्स्टिच्युटले जनाएको छ।

हिमाली बौद्ध परम्पराअनुसार यही महिनामा भगवान् शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्वाण सम्पन्न भएको विश्वास गरिन्छ। त्यसैले यो समयलाई पुण्य सञ्चय, धर्मश्रवण, ध्यान तथा करुणामय आचरणको विशेष महिना मानिन्छ। यही अवसरलाई आत्मिक जागरण र सामाजिक सद्भावसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।  यो महिना हिमाली बौद्ध परम्परामा अत्यन्त पुण्यमय र शुभ समयका रूपमा श्रद्धापूर्वक मनाइन्छ। यस अवधिमा सत्कर्म, दान, धर्मश्रवण तथा करुणामय आचरणमार्फत पुण्य सञ्चय गर्ने परम्परा रहिआएको छ।

कार्यक्रममा विश्वप्रसिद्ध बौद्ध गुरु तथा विद्वानहरूको विशेष उपस्थिति रहनेछ। प्रमुख वक्ताका रूपमा हिज एमिनेन्स क्याब्जे श्याल्पा रिन्पोछेले बौद्ध ज्ञान, करुणा र मानव कल्याणका विषयमा प्रवचन दिनेछन्। रिन्पोछे श्याल्पा मोनेस्ट्री एन्ड ननरीका प्रमुख तथा Universal Peace Sanctuary Foundation का संस्थापक हुन्।

त्यसैगरी भुटानी बौद्ध विद्वान तथा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका लोपेन डा. कर्मा फुन्त्सोले बौद्ध दर्शन, शिक्षा र आधुनिक समाजमा जीवन उपयोगी सीपबारे विचार राख्ने कार्यक्रम रहेको छ। उनी Loden Foundation  का संस्थापक समेत हुन्।

प्रसिद्ध ध्यान गुरु तथा बौद्ध शिक्षक गेशे लोबसाङ तेनग्युरले ध्यान, मानसिक शान्ति र सकारात्मक जीवनशैलीसम्बन्धी प्रवचन दिने आयोजकले जनाएको छ। कार्यक्रममा विपाश्ना तामाङले सहजीकरण गर्नेछिन्।

कार्यक्रममा “Praise of the Twelve Deeds” अर्थात् “बुद्धका बाह्र महान् कर्महरूको स्तुति” को भावार्थसमेत प्रस्तुत गरिनेछ। महान् आचार्य नागार्जुनद्वारा रचित उक्त स्तोत्रमा भगवान् बुद्धका जीवनका प्रमुख घटनाहरू-तुषित लोकबाट अवतरण, लुम्बिनीमा जन्म, गृहत्याग, कठोर तपस्या, बोधिवृक्षमुनि ज्ञान प्राप्ति, धर्मचक्र प्रवर्तनदेखि महापरिनिर्वाणसम्मका दिव्य कार्यहरूको वर्णन गरिएको छ।

प्रस्तुत हुने “Praise of the Twelve Deeds” अर्थात् “बुद्धका बाह्र कर्महरूको स्तुति” प्राचीन आचार्य नागार्जुनद्वारा रचित परम्परागत स्तोत्र हो, जसमा भगवान् बुद्धको जीवनका महत्वपूर्ण चरणहरू-तुषित लोकबाट अवतरण, मायादेवीको गर्भ प्रवेश, लुम्बिनीमा जन्म, राजकीय जीवन, गृहत्याग, कठोर तपस्या, बोधिवृक्षमुनि ज्ञान प्राप्ति, धर्मचक्र प्रवर्तन, मार विजय, चमत्कार प्रदर्शन तथा महापरिनिर्वाणसम्मका दिव्य कार्यहरूको वर्णन गरिएको छ।

आयोजकका अनुसार कार्यक्रममा प्रत्यक्ष सहभागितासँगै सामाजिक सञ्जालमार्फत लाइभ स्ट्रिमिङको व्यवस्था पनि गरिनेछ, ताकि विश्वभर रहेका श्रद्धालु तथा धर्मप्रेमीहरूले समेत प्रवचन सुन्न सकून्।

कार्यक्रममार्फत धर्म, करुणा, नैतिकता र आत्मिक चेतनालाई आधुनिक जीवनसँग जोड्दै व्यक्तिगत तथा सामाजिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्य रहेको धर्मगुरु स्याल्पा रिम्पोक्षेले बताए ।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण प्राणीहरूले भगवान् बुद्धकै करुणामय आचरण अनुसरण गर्दै ज्ञान, शान्ति र मुक्तिको मार्गमा अग्रसर हुन सकून् भन्ने मंगलकामना गरिने जनाईएको छ।

Comments are closed

Related Post