Shopping cart

  • Home
  • समाज
  • बालेनले जेनजीलाई भने- ‘हत्याराको राजीनामाआइसक्यो, अब संयमित हुनुस्’
अन्तर्राष्ट्रिय

बालेनले जेनजीलाई भने- ‘हत्याराको राजीनामाआइसक्यो, अब संयमित हुनुस्’

Email :106

काठमाडौं। काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ले युवा आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले प्रधानमन्त्रीले राजीनामा दिएकाले युवा आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।

प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।

तपाईं-हामी अब संयमित हुनु जरुरी छ ।

अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।

तयार रहनुहोला !

साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।

तर याद रहोस् – वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

Comments are closed

Related Post