Shopping cart

  • Home
  • स्वास्थ्य
  • बालेनका’थिति बसाल्ने’ वाचापत्र- भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधान गर्ने
अर्थ

बालेनका’थिति बसाल्ने’ वाचापत्र- भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधान गर्ने

Email :56

काठमाडौं । झापा-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह बालेनले सोमबार चुनावी घोषणापत्र  (वाचापत्र) सार्वजनिक गरेका छन् ।

वाचापत्रमा उनले मुख्य ९ वटा प्रतिबद्धता जनाएका छन् । ‘थिति बसाल्ने संकल्प’ कार्यान्वयनको नेतृत्व लिने उनको दाबी छ । त्यस्तै, नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्‍याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने भनेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने सङ्कल्प गरेका हुन् ।

वाचापत्रमा बालेनले भनेका छन्, ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।’ रास्वपाका वरिष्ठ नेता उनले ‘बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने’ मुख्य संकल्प गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। ​शाहले आफ्नो वाचापत्रमा नीति निर्माण र कानुनी सुधारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचार गर्दै बालेनले `जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला´ भन्दै मतदातासँग अपिल गरेका छन्।

हेर्नुहोस् पूरा वाचापत्र

 

Comments are closed

Related Post