Shopping cart

अन्तर्राष्ट्रिय

बढ्यो सार्वजनिक यातायात भाडादर

Email :62

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सरकारले सवारी साधनको भाडादर पनि समायोजन गरेको छ।

सरकारले वैज्ञानिक सूचकअनुसार भाडा समायोजना गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

उनका अनुसार यात्रुवाहक सवारी साधनको भाडादर १६.७१ ले वृद्धि भएको छ

पहाडी क्षेत्रका मालवाहक सवारी साधनमा २१.६८ ले भाडादर वृद्धि भएको छ। त्यस्तै तराई क्षेत्रका मालवाहक सवारी साधनमा १५.७५ले भाडादर वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय रूपमै पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि भाडादर समायोजन भएको सिटौलाको भनाइ छ।

Comments are closed

Related Post