Shopping cart

  • Home
  • स्वास्थ्य
  • फिदिममा लागू पदार्थ दुरुपयोग न्यूनीकरणका लागि वृहत् सचेतना कार्यक्रम शनिबार सम्पन्न
देश

फिदिममा लागू पदार्थ दुरुपयोग न्यूनीकरणका लागि वृहत् सचेतना कार्यक्रम शनिबार सम्पन्न

Email :44

पाँचथर । पाँचथरको फिदिममा लागू पदार्थ दुरुपयोग न्यूनीकरणका लागि लक्षित वृहत् सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ। हुलाक लाइन युवा क्लब पाँचथरको आयोजना तथा फिदिम नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा विभिन्न सरकारी निकाय, राजनीतिक दल, शैक्षिक संस्था तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय पाँचथर, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल हिमशिखर गुल्म लगायतका निकायहरूको सहकार्य रहेको कार्यक्रममा सामाजिक अभियन्ता कमल थपलिया, राजन काफ्ले र राजेन्द्र अधिकारीले समेत सहयोग पुर्‍याएका थिए।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, प्रहरी निरीक्षक दिनेश तिम्सिना, सशस्त्र प्रहरी निरीक्षक नरेश राना मगर, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराई तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख दुर्गा चापागाईंलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागिता देखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रकाश गुरुङ, नेपाली कांग्रेसका सभापति रूपनारायण जबेगु, नेकपा एमालेका अध्यक्ष बिमल सापकोटा तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विशाल रसाइली उपस्थित रहेका थिए। कार्यक्रममा फिदिम नगरपालिका–१ का वडा अध्यक्ष गजाधार भट्टराई, वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती,  संरक्षक सूर्यकुमार निरौला तथा फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी भण्डारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत फिदिम–१ स्थित शिवालय मन्दिर परिसरमा सरसफाइ गरिएको थियो। त्यसपछि विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा सचेतनामूलक र्‍याली निकालिएको थियो। र्‍यालीले फिदिम बजार परिक्रमा गर्दै नगरपालिकाको सभाहलमा पुगेर औपचारिक कार्यक्रमको रूप लिएको थियो।

कार्यक्रममा प्रिम्युष भुटियाले लागू पदार्थ दुरुपयोगविरुद्ध विशेष सन्देश दिँदै युवापुस्तालाई सही मार्गतर्फ उन्मुख हुन आग्रह गरेका थिए।

हुलाक लाइन युवा क्लबका अध्यक्ष सूर्य नेम्वाङ र सचिव राजन त्रिखत्रीको सक्रिय नेतृत्वमा सम्पन्न कार्यक्रमले समाजमा लागू पदार्थ दुरुपयोगविरुद्ध जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

Comments are closed

Related Post