Shopping cart

  • Home
  • समाज
  • प्रधानमन्त्री कार्की शुक्रबार निजी निवास फर्किने
अर्थ

प्रधानमन्त्री कार्की शुक्रबार निजी निवास फर्किने

Email :68

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अन्तरिम सरकारले आफ्नो कार्यकाल सकेसगैं  शुक्रबार निजी निवास फर्किने तयारीमा रहेकी छन्। आफूलाई दिइएको जिम्मेवारी पूरा गरेपछि उनी धापासीस्थित आफ्नै घर फर्किन लागेकी हुन्।

जेनजी आन्दोलनपछि गत भदौ २७ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन गराउने मुख्य जिम्मेवारी सहित कार्की प्रधानमन्त्री बनेकी थिइन्। पद सम्हालेपछि उनी बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी थिइन्।

अन्तरिम सरकारको नेतृत्व गर्दै उनले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकी छन्। त्यसपछि प्राप्त जनादेशअनुसार नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरेर बाहिरिने तयारी उनले गरिरहेकी छन्।

Comments are closed

Related Post