Email :31
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन्।
कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।
यसअघि अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
श्रेष्ठ यसअघि प्रधानमन्त्री सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्ति गरेको विषयमा विवादमा परेका थिए। उक्त विवादपछि उनलाई सचिवालयबाट हटाइएको थियो।














Comments are closed