Shopping cart

  • Home
  • राजनिती
  • प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद
देश

प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद

Email :45

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले बालेनलाई शुक्रबार विहान प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। बालेनले आज१२:३४ बजे  प्रधानमन्त्रीको शपथ दिँदैछन्।

यसैबीच रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीको नाम ढुंगो लगाएको छ। जस अनुसार प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय आफैंसँग राखेका छन्। यसैगरी अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, कानुन मन्त्रीमा सोविता गौतम, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुधन गुरुङलाई पठाउने तय भएको छ।

यसैगरी बिराजभक्त श्रेष्ठ ऊर्जा, अमरेशकुमार सिंह उद्योग, प्रतिभा राउव सामान्य प्रशाशन, गीता चौधरी कृषि, डा. विक्रम तिमल्सिना संचार, सिस्मित पोखरेल शिक्षा, दीपक साह श्रम, गणेश पौडेल पर्यटन, सीता वादी महिला बालबालिका र निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बताउने सहमति भएको छ।

Comments are closed

Related Post