Shopping cart

  • Home
  • राजनिती
  • प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै
अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

Email :54

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै छन्। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ ।

परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल ”

Comments are closed

Related Post