Shopping cart

  • Home
  • समाज
  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति
देश

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

Email :6

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदमा प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत रहेको भन्दै घोर निन्दा र भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय सीमामा हुने ‘अतिक्रमण’ र सीमा क्षेत्रमा देखिने जग्गाको भोगचलन वा ‘क्रस–होल्डिङ’ फरक विषय भएको उल्लेख गरिएको छ ।

कुनै देशले अर्को देशको स्वामित्वमा रहेको भूमिमा कानुनी अधिकार वा आपसी सहमतिविना भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण मानिने भन्दै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा गर्दै आएको गतिविधिलाई त्यसैको उदाहरणका रूपमा व्याख्या गरिएको छ ।

नेकपाले सीमावर्ती क्षेत्रमा सीमा निर्धारणका कारण दुवै देशका नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति सीमाको अर्को भागमा पर्न सक्ने अवस्था ‘जग्गाको भोगचलन’ मात्र भएको र त्यसलाई कब्जा भन्न नमिल्ने जिकिर गरेको छ । प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट नेपालले भारतको जमिन कब्जा गरेको भन्ने आशयको अभिव्यक्ति दिनु संविधानको मर्मविपरीत भएको पार्टीको दाबी छ ।

पार्टीले नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको जनाएको छ । तर नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको तथ्यलाई आधार बनाएर मात्रै लिम्पियाधुरा क्षेत्रसहितको दाबी कायम रहेको उल्लेख गर्दै चुच्चे नक्सा जारी गरिएको स्मरण गराएको छ ।

विज्ञप्तिमा सीमा समस्या समाधानका लागि गठित भ्mष्लभलत एभचकयलक न्चयगउ (ईपीजी) को प्रतिवेदन भारतले हालसम्म सार्वजनिक नगरेको विषय पनि उठाइएको छ ।

यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पु¥याएको दाबी गर्दै नेकपाले उक्त भनाइ तत्काल सच्याउन, संसद्को रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी भारतसँग तथ्यका आधारमा कूटनीतिक संवाद अघि बढाउन माग गरेको छ । नेपालले भारतीय भूमि मिचेको भन्ने बालेनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

Comments are closed

Related Post