काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको सुनुवाइ गर्दै नाम अनुमोदन गर्ने निर्णय गरेको हो।
सुनुवाइ समितिले अनुमोदन गरेपछि अब संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउनेछ, जसका आधारमा उनको औपचारिक नियुक्ति हुनेछ। न्याय परिषद्ले पठाएका ६ जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।
हाल सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल छिन् र वरीयताक्रम अनुसार उनी नै प्रधानन्यायाधीशको आकांक्षी थिइन्।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीलाई निर्णय लिन सहज हुने वातावरण तयार गरेको थियो। ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान अध्यादेशमा राखिएको थियो। त्यही अध्यादेश आएपछि बसेको परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको थियो।














Comments are closed