Shopping cart

  • Home
  • राजनिती
  • पूर्वसांसद् एमाले नेतृ जानकीदेवी राम नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
देश

पूर्वसांसद् एमाले नेतृ जानकीदेवी राम नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

Email :51

सिरहा । नेकपा एमाले परित्याग गरेकी पूर्वसांसद् जानकीदेवी राम नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्। पार्टीमा स्वेच्छाचारिता र व्यक्तिवादी कार्यशैली बढ्दै गएको तथा विधि–पद्धति र सिद्धान्तबाट विचलन भएको आरोप लगाउँदै उनले एमाले त्यागेको बताएकी छन्।

सिरहा क्षेत्र नम्बर ३ मा नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वनाथ साह र केन्द्रीय सदस्य जगत यादवले मंगलबार दिउँसो गोलबजारमा आयोजित कार्यक्रममा रामलाई पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै रामले पछिल्लो समय पार्टी नेतृत्वले छलकपट र जालझेलका माध्यमबाट विधि–पद्धतिलाई कुल्चँदै स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गर्न थालेपछि आफू बाध्य भएर पार्टी छोड्नुपरेको बताइन्।

उनले भनिन्, “मुलुकभर नेकपाको उत्साहजनक लहर छाएको छ। देशको मुहार फेर्न जनपक्षीय पार्टी र उम्मेदवारलाई विजयी गराउन आवश्यक ठानेर म नेकपामा प्रवेश गरेकी हुँ।”

Comments are closed

Related Post