Shopping cart

  • Home
  • समाज
  • पूर्वप्रधानमन्त्री नेपालद्वारा क्रिसमसको शुभकामना शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको भावना दृढ हुने विश्वास
देश

पूर्वप्रधानमन्त्री नेपालद्वारा क्रिसमसको शुभकामना शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको भावना दृढ हुने विश्वास

Email :71

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन्।

 

क्रिसमस पर्वको अवसरमा  उनले शुभकामना सन्देश जारी गदै क्रिसमसले सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको भावना जगाउने विश्वास व्यक्त गरेका छन्।

 

नेपालले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र समानताको मर्मअनुसार सबै धर्म तथा संस्कृतिप्रति आपसी सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए।

 

क्रिसमसमा निहित प्रेम, करुणा, सहअस्तित्व र मानवीय मूल्यहरूले समाजमा शान्ति, सामाजिक न्याय र समतामूलक विकासको भावना दृढ हुने विश्वास व्यक्त गर्दै उनले लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकता प्रवर्द्धनमा यस पर्वले सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।

 

अन्त्यमा उनले सबै नेपालीबीच सहकार्य, सद्भाव र एकता अझ सुदृढ हुँदै समृद्ध, न्यायपूर्ण र समावेशी नेपाल निर्माणतर्फ अघि बढ्न शुभकामना व्यक्त गरेका छन्।

Comments are closed

Related Post