Shopping cart

  • Home
  • राजनिती
  • पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ: प्रचण्ड
देश

पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ: प्रचण्ड

Email :36

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको एकता महाधिवेशन छिट्टै गर्ने तयारीमा रहेको बताउनुभयो।

जनवर्गीय संगठनका प्रमुखहरूसँग बिहीबार भएको छलफलमा उहाँले भन्नुभयो, “पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ। महाधिवेशनमा छिट्टै जान्छौं।”

प्रचण्डले निर्वाचनबाट लोकतन्त्र, संघीयता र संविधान जोगिएको उल्लेख गर्दै आफ्नो दलले अपेक्षित परिणाम नल्याए पनि यो उपलब्धि ठूलो भएको बताउनुभयो। उहाँले भन्नुभयो, “निर्वाचन नभएको भए देश अँध्यारो सुरुङमा जाने जोखिम थियो। संविधानलाई लिकमा ल्याउनु नै मुख्य कुरा हो।”

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउने तयारीमा रहेको उल्लेख गर्दै उहाँले राम्रो काम गर्न शुभकामना दिनुभयो।

बैठकमा मजदूर, किसान, महिला र विद्यार्थी जनवर्गीय संगठनहरूमा समायोजन छिट्टै गर्ने विषयमा पनि छलफल भएको थियो। नेता राजेन्द्र श्रेष्ठले निर्वाचनको समीक्षा गरी छिट्टै कार्यक्रम बनाउने जानकारी दिनुभयो।

Comments are closed

Related Post