Shopping cart

  • Home
  • राजनिती
  • पाँचथरमा नेपाली कम्युनिष्ट पार्टीको बाइक र्‍याली ,नेम्वाङको पक्षमा व्यापक जनसमर्थन
देश

पाँचथरमा नेपाली कम्युनिष्ट पार्टीको बाइक र्‍याली ,नेम्वाङको पक्षमा व्यापक जनसमर्थन

Email :71

पाँचथर । निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन पाँचथरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई विजयी गराउने उद्देश्यसहित आयोजित ‘मिक्सो जिताऔँ’ अभियानअन्तर्गत  बाइक र्‍याली सम्पन्न भएको छ। पार्टी कार्यकर्ता, युवा तथा समर्थकहरूको उल्लेखनीय सहभागितामा जिल्लाका विभिन्न स्थानमा उत्साहपूर्ण र्‍याली आयोजना गरिएको नेकपा चुनाव प्रचार–प्रसार समिति फाल्गुनन्द गाउँपालिका संयोजक शंखध्वज नेम्वाङले जानकारी दिए।

विकास, सुशासन र जनमुखी एजेन्डालाई मुख्य प्राथमिकतामा राख्दै उम्मेदवार नेम्वाङको पक्षमा व्यापक जनसमर्थन जुटाउने उद्देश्यले आयोजित र्‍यालीमा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। मोटरसाइकलमा पार्टीका झण्डा र नारासहित सहभागीहरूले प्रमुख बजार क्षेत्र र बस्ती परिक्रमा गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रममा वक्ताहरूले उम्मेदवार हर्कबहादुर नेम्वाङलाई जिल्लाको विकास र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेको सक्षम नेतृत्वका रूपमा प्रस्तुत गर्दै मतदातासमक्ष समर्थनको अपिल गरेका थिए। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै शान्तिपूर्ण वातावरणमा मतदान गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

पार्टीका अनुसार निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै प्रचार–प्रसार अभियान सञ्चालन गरिएको हो। अब पार्टी संगठन मतदान प्रक्रियामा केन्द्रित हुँदै मतदातासँगको सम्पर्क र समन्वयलाई थप सुदृढ बनाउने तयारीमा रहेको जनाएको छ।

Comments are closed

Related Post