Shopping cart

  • Home
  • समाज
  • पाँचथरका सबै स्थानीयतहमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
देश

पाँचथरका सबै स्थानीयतहमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

Email :137

पाँचथर । नेपाली कम्युनिष्ट पार्टी  पाँचथरले जिल्लाका आठवटै पालिकामा  एकता सन्देश सभा सम्पन्न गरेको छ।

गत महिना सम्पन्न पार्टी  एकतापछि जिल्ला समितिको हालै सम्पन्न बैठकबाट गरिएका निर्णयहरू कार्यान्वयन गर्दै पुस ४ र ५ गते पालिकास्तरीय कार्यक्रमहरू आयोजना गरिएको हो।

जस अनुसार मिक्लाजुङ, कुम्मायक, हिलिहाङ गाउँपालिका तथा फिदिम नगरपालिकामा पुस ४ गते एकता सन्देश सभा सम्पन्न भएको छ  भने तुम्बेवा, फाल्गुनन्द, फालेलुङ र याङवरक गाउँपालिकामा पुस ५ गते सभा सम्पन्न गरिएको छ ।

सभाहरूमा विभिन्न दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूको उल्लेख्य सहभागिता देखिएको पार्टीले जनाएको छ।

एकता सन्देश सभाका लागि तोकिएको नेतृत्व टोलीको नेतृत्वमा कार्यक्रमहरू सम्पन्न भएका छन्। मिक्लाजुङ र तुम्बेवामा हर्कबहादुर नेम्बाङ र मनरथ चापागाईं, कुम्मायक र फाल्गुनन्दमा प्रेम रिजाल र सिता थेवे (प्रमिला), फिदिम र फालेलुङमा इन्द्रबहादुर आङ्बो र कमल जवेन् तथा हिलिहाङ र याङवरकमा नरबहादुर दुलाल, सुरेन्द्र सुहाङ र अञ्जु काम्बाङको नेतृत्वमा सभाहरू सम्पन्न भएका हुन्।

त्यसैगरी, आगामी पुस १५ गतेभित्र जिल्लाका सबै पालिकाले आ-आफ्ना वडाहरूमा अनिवार्य रूपमा वडास्तरीय एकता भेला सम्पन्न गर्ने निर्णयसमेत गरिएको छ। पार्टीका प्रदेश, जिल्ला तथा जनवर्गीय संगठन (जवस) मोर्चाका नेतृत्वहरू र जनप्रतिनिधिहरूले सम्बन्धित पालिकाका कार्यक्रमहरूमा अनिवार्य सहभागिता जनाउनुपर्ने व्यवस्था गरिएको छ। जिल्ला पार्टीको  तर्फबाट जारी परिपत्रबारे मनरथ चापागाईं र विशाल रसाइलीले जानकारी दिएका छन्।

Comments are closed

Related Post