Shopping cart

  • Home
  • राजनिती
  • पहिलो पार्टी बन्ने कांग्रेसकाे प्रक्षेपण, मत भनेको केवल कागजको टुक्रा होइन शक्तिशाली हतियार हो
देश

पहिलो पार्टी बन्ने कांग्रेसकाे प्रक्षेपण, मत भनेको केवल कागजको टुक्रा होइन शक्तिशाली हतियार हो

Email :75

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पहिलो दल बन्ने दाबी गरेको छ। आज सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले पार्टीपंक्ति उत्साहित रहेको बताए।

उनले भने, ‘मत भनेको केवल कागजको सानो टुक्रा होइन, यो देशको भविष्य निर्माण गर्ने सबैभन्दा शक्तिशाली हतियार हो। तपाईँहरूको एक मतले समृद्ध, न्यायपूर्ण र समावेशी नेपालको आधार तयार गर्नेछ। भ्रष्टाचारमुक्त र सुशासित शासनको ढोका खोल्नेछ। राष्ट्रिय एकता, स्वाधीनता र लोकतन्त्रको रक्षा गर्नेछ र हाम्रा सन्ततिको लागि उज्ज्वल भविष्यको जग बसाउनेछ।’

 

पार्टीले आफ्नो प्रचार कार्यको थालनी कार्यकर्ताहरूलाई उत्प्रेरणा दिने कार्यकर्ता भेला, विभिन्न प्रचार तथा परिचालन समितिहरूबाट प्रारम्भ गरी प्रत्यक्ष नागरिक संवाद, घरदैलो अभियान, डिजिटल माध्यम, कोणसभा तथा विभिन्न आमसभाहरूलाई माध्यम बनाएको बताए।

उनले थपे, ‘प्रतिज्ञा पत्रलाई लिएर स्वयं पार्टी सभापति प्रत्यक्ष नागरिक संवादमा जोडिनुभई त्यसमा उठेका जिज्ञासाहरूको प्रस्ट पार्नुभएको छ। नेपाली कांग्रेसको प्रतिबद्धताले नागरिक तहमा पलाएको विश्वास र प्राप्त अपार समर्थनले यो देश हामी बनाउन सक्छौँ, हामीले नै बनाउने हो’ भन्ने आधार सिर्जना गरेको छ र हामी यसबाट अत्यन्तै उत्साहित छौँ।’

Comments are closed

Related Post