Shopping cart

  • Home
  • समाज
  • पहिले देश नबनेको चिन्ता अहिले नबच्ने हो कि भन्ने निराशा बढ्यो : पूर्वराजा ज्ञानेन्द्र शाह
देश

पहिले देश नबनेको चिन्ता अहिले नबच्ने हो कि भन्ने निराशा बढ्यो : पूर्वराजा ज्ञानेन्द्र शाह

Email :97

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेको करिब दुई दशक बितिसक्दा पनि देशले गहिरो संकट भोगिरहेकामा चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले पहिले देश नबनेको चिन्ता भए पनि अहिले देश नै नबच्ने हो कि भन्ने निराशा बढेको बताए ।

भाषण र चमत्कारले देश नबन्ने भन्दै उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाको भूमिका स्मरण गराएका छन् ।

साथै, शान्ति र स्थायित्वको आश्वासन दिएर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफू राजकाजबाट बाहिरिएको र देश पृथ्वीपथमा अघि बढ्न सबै नेपालीको कर्तव्यबोध आवश्यक रहेको उनको भनाइ छ ।

Comments are closed

Related Post