Shopping cart

  • Home
  • स्वास्थ्य
  • पशुपति मित्र मावि चावहिलमा दुव्यसन विरुध्दकोअभियान सम्पन्न
देश

पशुपति मित्र मावि चावहिलमा दुव्यसन विरुध्दकोअभियान सम्पन्न

Email :98

काठमाण्डौं । पशुपति मित्र माद्यमीक विद्यालय काठमाण्डौं चावहिलका विद्यार्थीहरुसँग एक दिने दुव्यसन विरुध्दको सचेतना तथा स्व उपचार पध्दतिकार्यक्रम सम्पन्न भएकोछ ।


स्वच्छ र स्वास्थ्य समाजका लागि सचेतना एवं स्व उपचार पध्दति कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
सामाजिक विकास विभाग काठमाण्डौ महानगरपालिकाको सहयोगमा उज्वल भविश्य नेपाल काठमाण्डौं, पूनर्जिवन मिडीया नेपाल र महिला सामाजिक परिचालन राष्टिय अभियानले कार्यक्रमको आयोजना गरेको हो ।


पशुपति मित्र माद्यमीक विद्यालय काठमाण्डौ र राष्ट्यि सहिद तथा शान्ति पार्क निजामति स्मारक, पुनर्जिवन फाउण्डेसन नेपालको सजीहकरणमा भएको थियो ।
कार्यक्रममा पूनर्जिवन फाउण्डेसनको संरक्षक,बिषय विज्ञ लाफ्टर योगा गुरु कृष्ण घिमिरेले सहजिकरण गरेका थिए ।


कार्यक्रम राष्ट्यि सहिद तथा शान्ति पार्क निजामति स्मारक पार्कका संस्थापक अध्यक्ष सुदर्शन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


पशुपति मित्र मावि चावहिलका प्रधानाध्यापक यज्ञप्रसाद प्रसाई सहायक प्रधानाध्यापकउत्तम पन्त , शिक्षक बिध्यार्थी अभिभावक ,महिला सामाजिक परिचालन राष्टिय अभियानका अध्यक्ष कविता सोडारी महासचिव भोजराज काफ्ले सहित संचारकर्मी बुध्दिजिवी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पशुपति माविका माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Comments are closed

Related Post