Shopping cart

देश

छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु

Email :17

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित कुमारीगालमा घरका छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ ।

सोमबार चार तले घरको छतबाट व्यापारी नविन अग्रवाल हामफालेका थिए ।  घाइते उनको उपचारको क्रममा उनको स्तुपा अस्पतालमा मृत्यु भएको छ ।

४९ वर्षीय अग्रवाल कपडाको व्यापार गर्दै आएका थिए । घटनास्थलबाट प्रहरीले विषादीको बट्टा पनि बरामद गरेको छ । उनले लामो समयदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

Comments are closed

Related Post