Shopping cart

  • Home
  • राजनिती
  • परिवर्तनलाई नागरिकको जीवनस्तरसँग जोड्दै सुमन सायमीको अभियान
देश

परिवर्तनलाई नागरिकको जीवनस्तरसँग जोड्दै सुमन सायमीको अभियान

Email :97

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र-८ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार सुमन सायमीले वास्तविक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले राजनीतिक नेतृत्वको जिम्मेवारी डिजिटल वा औपचारिक सीमाभित्र मात्र होइन, जनताको वास्तविक समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राख्दै आफ्नो अभियान अगाडि बढाएका छन्।

‘सडकदेखि सदनसम्म’ को मूल नारालाई आत्मसात गर्दै सायमीले परिवर्तनलाई केवल सामाजिक सञ्जाल वा प्रचार–प्रसारमा सीमित राख्न नहुने बताएका छन्। उनका अनुसार परिवर्तन भनेको महँगी नियन्त्रण, आधारभूत सेवा–सुविधाको पहुँच विस्तार, स्थानीय संस्कृति र पहिचानको संरक्षण तथा नागरिकको जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिनुपर्छ।

उनले विशेषगरी काठमाडौंको कोर एरिया र स्थानीय बासिन्दाका सरोकारका विषयलाई प्राथमिकतामा राख्दै निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका छन्। सायमीको जोड छ कि जनताको आवाजलाई नीति–निर्माण तहसम्म पुर्‍याएर मात्रै लोकतन्त्रले सार्थकता पाउनेछ।

 

आगामी दिनमा नागरिकका वास्तविक मुद्दालाई केन्द्रमा राखेर विकास र समृद्धिको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सचेत नागरिकलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरेका छन्।

Comments are closed

Related Post