Shopping cart

  • Home
  • समाज
  • नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन राष्ट्रिय वाणिज्य बैंक प्रतिष्ठान समितिको बैठक सम्पन्न- श्रमिकका सवालमा निर्णय
देश

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन राष्ट्रिय वाणिज्य बैंक प्रतिष्ठान समितिको बैठक सम्पन्न- श्रमिकका सवालमा निर्णय

Email :399

काठमाडौँ । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन (नेष्टु) अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक प्रतिष्ठान समितिको बैठक बागबजारस्थित होटल हॉलिडेमा आज सफलतापूर्वक सम्पन्न भएको छ।

 

बैठकमा सुरक्षा श्रमिकसँग प्रत्यक्ष सरोकार रहेका महत्वपूर्ण मुद्दाहरूमा गम्भीर र परिणाममुखी छलफल भएको समितिले जनाएको छ। बैठकले विशेष रूपमा श्रमिकका हक–हित र रोजगारीको स्थायित्वसँग सम्बन्धित मुद्दामा ठोस निर्णयहरू गरेको छ।

 

सरकारद्वारा वृद्धि गरिएको पारिश्रमिकको पूर्ण कार्यान्वयनका लागि श्रमिक आपूर्तिकर्ताले कानूनअनुसारको दायित्व पूरा गर्नुपर्नेमा बैठकले जोर दिएको छ। यसका लागि आवश्यक दबाब तथा समन्वय गर्ने निर्णय गरिएको छ।

 

हालै राष्ट्रिय वाणिज्य बैंकमा श्रमिक आपूर्तिकर्ता परिवर्तन भएपछि रोजगारी गुम्ने जोखिममा परेका सुरक्षा श्रमिकहरूको रोजगारी सुनिश्चित गर्न नेष्टुले सक्रिय पहल गर्ने पनि बैठकले स्पष्ट पारेको छ।

 

त्यसैगरी, पुरानो श्रमिक आपूर्तिकर्ताबाट लिनबाकी संचित बिदा, संचयकोष, उपदान तथा अन्य सेवा–सुविधा श्रमिकले पूर्ण रूपमा प्राप्त गर्ने व्यवस्था मिलाउन सम्पूर्ण प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।

 

श्रम कानुन तथा विद्यमान सम्झौताअनुसार श्रमिकको हक-अधिकार संरक्षण गर्न आवश्यक संस्थागत पहल तथा दबाब कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

 

बैठकले सुरक्षा श्रमिकको हक-अधिकार, रोजगारीको निरन्तरता र सामाजिक सुरक्षा सुनिश्चित गराउने प्रतिबद्धता दोहोर्‍याउँदै नेष्टुले आगामी दिनमा अझ सशक्त रूपमा मजदुर पक्षको आवाज उठाइरहने जनाएको छ।

Comments are closed

Related Post