Shopping cart

  • Home
  • समाज
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन, ७ सदस्यीय प्रबन्ध समिति गठन
अन्तर्राष्ट्रिय

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन, ७ सदस्यीय प्रबन्ध समिति गठन

Email :74

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन गरिएको छ। संघ कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरुले पदबाट राजीनामा गरेपछि  संघको विधान अनुसार कार्यसमिति विघटन भएको हो ।

संघको विधानको दफा २६. (४) मा रहेको राजिनामासम्बन्धि व्यवस्था अनुसार भुवनसिंह गुरूङको कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका कारणले कार्य समिति स्वतः विघटन भएको हो ।

विधानमा कार्यसमिति विघटन भएपछि सोही दिन सल्लाहकारहरुको रोहवरमा एक सात सदस्य प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिन भित्र विशेष साधारण सभा बोलाई सोही दिन निर्वाचन सम्पन्न गराउने व्यवस्था छ । सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा प्रबन्ध समिति गठन गरिएको छ।

प्रबन्ध समितिमा पूर्व अध्यक्ष विमल ढकालका साथै, जनक रावल, धनलाल जैसी, मधुकर रिजाल, विनोदजंग केसी र वरिष्ठ अधिवक्ता शम्भु निरौला रहेका छन् । समितिले २१ दिनभित्रै विशेष साधारणसभा गरि नयाँ नेतृत्व चयन गर्नेछ ।

Comments are closed

Related Post