Email :99
काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई २५ देशका कम्युनिस्ट पार्टीले समर्थन गर्दै शुभकामना दिएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वामपन्थी दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी स्थापना भएपछि विभिन्न देशका कम्युनिस्ट पार्टीबाट शुभकामना दिएका हुन् ।
विश्वका २५ वटा देशका कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूले नेपाली कम्युनिस्ट पार्टीलाई शुभकामना सन्देश पठाई ऐतिहासिक एकतालाई उच्च मूल्याङ्कन गरेको नेता झलनाथ खनालले बताए ।














Comments are closed