Email :145
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले पुस २९ गते शपथग्रहण गर्ने भएका छन् । केन्द्रीय समितिको संख्या २४९९ हुने नेता प्रकाश ज्वालाले बताए ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको एकतामा जोडिएका प्रमुख घटकहरूको परामर्श बैठकले शपथग्रहणको मिति र प्रक्रिया टुंगो लगाएको उनले जानकारी दिए ।
बागमती प्रदेशको हकमा केन्द्रले तोकेको ठाउँमा उपस्थित भएर शपथग्रहण गर्ने र अन्य प्रदेशहरूको हकमा सम्बन्धित प्रदेश समितिलाई नै जिम्मेवारी दिइएको उनले बताए।
‘बागमती प्रदेशको हकमा केन्द्रले तोकेको ठाउँमा शपथग्रहण समारोह गर्ने र बाहिरका प्रदेशहरूको हकमा सम्बन्धित प्रदेशले तोकेको ठाउँमा शपथग्रहण समारोह गर्ने निर्णय भएको छ’, उनले भने ।














Comments are closed