Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक नेपाल र क्युवाका राजदूतबीच भेटवार्ता
देश

नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक नेपाल र क्युवाका राजदूतबीच भेटवार्ता

Email :139

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल र नेपालका लागि क्युवाका महामहिम  राजदूत अवेल अवेलाबीच  औपचारिक भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा नेपाल-क्युवा सम्बन्ध, वैचारिक मैत्री र जनस्तरका सहकार्यका विषयमा सकारात्मक र मित्रतापूर्ण छलफल भएको छ।

भेटका क्रममा सह-संयोजक नेपालले क्युवा र क्युवाली जनताले दशकौँदेखि भोग्दै आएको अवरोध, नाकाबन्दी र हस्तक्षेपविरुद्धको दृढ संघर्षप्रति गहिरो सम्मान प्रकट गर्दै नेपाली कम्युनिस्ट पार्टी क्युवाली जनताको पक्षमा सदैव एक्यवद्ध रहने स्पष्ट सन्देश व्यक्त गरे । उनले विश्वभर समानता, सामाजिक न्याय र स्वतन्त्रताका पक्षमा क्युवाले खेलेको भूमिकाको प्रशंसा गर्दै दुई राष्ट्रबीच ऐतिहासिक मित्रतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

 

महामहिम क्युवाली राजदूतले नेपाल(क्युवा सम्बन्ध ऐतिहासिक, वैचारिक र भावनात्मक रूपमा घनिष्ठ रहेको उल्लेख गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, खेलकुद तथा सांस्कृतिक आदान–प्रदानमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरे।

 

दुवै पक्षबीच मित्रता, सहकार्य र संयोजनको निरन्तरता रहिरहने तथा आगामी दिनमा अधिकृतस्तरमा थप संवाद हुने सहमति समेत भएको जनाइएको छ।

Comments are closed

Related Post