Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरण कसरी ?
देश

नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरण कसरी ?

Email :1306

बासु दुलाल

नेपाली कम्युनिस्ट आन्दोलन इतिहास, त्याग र बलिदानको गर्भबाट जन्मिएको आन्दोलन हो। यस आन्दोलनले देशको राजनीतिक संरचना परिवर्तन गरेको मात्र होइन, उत्पीडित वर्ग र समुदायलाई राज्यसत्ताको केन्द्रसम्म पुर्‍याउने ऐतिहासिक भूमिका खेलेको छ। तर, पछिल्ला वर्षहरूमा पार्टी एकता–विभाजनको चक्र, सत्ता–केन्द्रित अभ्यास, संगठनात्मक शिथिलता र जनतासँगको दूरीका कारण आन्दोलन गम्भीर संकटको अवस्थामा पुगेको छ।

पछिल्ला निर्वाचन परिणामहरूले स्पष्ट पारेका छन् कि पार्टीसँग नेतृत्व र इतिहास हुँदाहुँदै पनि जनविश्वास कमजोर बन्दै गएको छ। यो अवस्था व्यक्तिविशेषको असफलताभन्दा बढी नीति, संगठन, विधि र अनुशासनको संकट हो। यही यथार्थका कारण पार्टीभित्र पुनर्गठन र रूपान्तरणको बहस अनिवार्य बनेको छ।

तर, कम्युनिस्ट आन्दोलनमा पुनर्गठन भनेको अग्रज नेतृत्वको अवमूल्यन वा पुस्तान्तरणको नाममा विस्थापन होइन। नेतृत्व उमेर वा पुस्ताबाट होइन, संघर्ष, नीति–कार्यक्रम, संगठनात्मक क्षमता र जनसम्बन्धबाट जन्मिन्छ। त्यसैले यो प्रस्ताव नेतृत्व फेर्ने नारा होइन, नेतृत्वलाई संस्थागत, उत्तरदायी र संघर्षशील बनाउने वैचारिक–संगठनात्मक पहल हो।

अग्रज नेताहरूको जीवनभरको योगदान, त्याग र अनुभव नेपाली कम्युनिस्ट आन्दोलनको अमूल्य सम्पत्ति हो। त्यस सम्पत्तिलाई सम्मान गर्दै, पार्टीको संरचना, निर्णय प्रक्रिया र अनुशासनलाई युगअनुकूल पुनःनिर्माण नगरी आन्दोलन पुनर्जीवित हुन सक्दैन। यही ऐतिहासिक आवश्यकता बोधबाट प्रस्तुत नेपाली कम्युनिस्ट आन्दोलन पुनर्गठन तथा रूपान्तरणको बुँदागत खाका पार्टीभित्र गम्भीर बहस, परिमार्जन र निर्णयका लागि प्रस्तुत गरिएको छ। यो अन्तिम होइन सुरुवात हो ।

 १. प्रस्तावनात्मक स्पष्टता (वैचारिक आधार)
कम्युनिस्ट आन्दोलनमा पुस्तान्तरण मुख्य विषय होइन।
नेतृत्व उमेर, पुस्ता वा जैविक क्रमबाट होइन;
विधि, पद्धति, नीति–कार्यक्रम र वर्गसंघर्षको अभ्यासबाट जन्मिन्छ।
त्यसैले यो प्रस्तावको केन्द्रीय उद्देश्य
“नेतृत्व बदल्ने” होइन,
नेतृत्वलाई संस्थागत, संघर्षशील र उत्तरदायी बनाउने हो।
आन्दोलन कमजोर हुनुको कारण व्यक्तिको अभाव होइन,
संरचना, प्रक्रिया र अनुशासनको पतन हो।

२. अग्रज नेतृत्वको भूमिका : अस्वीकार होइन, उच्च संस्थागत जिम्मेवारी
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायत अग्रज नेताहरूको
योगदान, त्याग, तपस्या र बलिदान
नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक सम्पत्ति हो।
अग्रज नेतृत्वको अवमूल्यनबाट होइन, उच्च भूमिकामा संस्थागत व्यवस्थापनबाट मात्रै पार्टी बलियो बन्छ।
विशेषतः प्रचण्ड र माधव नेपालको
परीक्षित, विश्वसनीय र राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा मान्य नेतृत्व
पार्टीको दीर्घकालीन दिशा निर्धारणमा अनिवार्य छ।

३. संघीय परिषद् : आन्दोलनको वैचारिक–नैतिक संरक्षक
३.१ गठन
५१ सदस्यीय सेरेमोनियल तर शक्तिशाली संघीय परिषद् गठन गरिने।
संयोजक, सह–संयोजक र सदस्यहरू
अग्रज, अनुभवी र वैचारिक रूपमा स्थापित नेताहरू रहने।
३.२ अधिकार र भूमिका
पार्टीको :
दीर्घकालीन वैचारिक दिशा
अनुशासन र गोपनीयता
वैदेशिक नीति र अन्तर्राष्ट्रिय सम्बन्ध
गम्भीर आन्तरिक संकट व्यवस्थापन मा निर्णायक भूमिका।
बहुमत निर्णयबाट :
महासचिवदेखि केन्द्रीय सदस्यसम्म
जिम्मेवारीबाट हटाउन सक्ने वैधानिक अधिकार।
पार्टी स्कुल विभाग सञ्चालन
र देशव्यापी वैचारिक–राजनीतिक प्रशिक्षण।
संघीय परिषद् = संघर्षको स्मृति + भविष्यको दिशानिर्देशक

४. कार्यकारी नेतृत्व : महासचिव केन्द्रित संरचना
महासचिव पार्टीको कार्यकारी प्रमुख हुने।
करिब ३०० सदस्यीय केन्द्रीय समिति :
संगठनात्मक
राजनीतिक
संघर्षात्मक अधिकारको प्रयोग गर्ने।
केन्द्रीय कार्यसमिति :
केन्द्रीय समितिको १/३
सचिवालय :
केन्द्रीय कार्यसमितिको १/३
नीति निर्माण सामूहिक, कार्यान्वयन एकीकृत

५. स्थायी समिति : छरितो र शक्तिशाली
स्थायी समिति सानो तर प्रभावकारी।
संकट, आन्दोलन र राजनीतिक निर्णयमा
तत्काल प्रतिक्रिया दिन सक्षम संरचना।

६. तल्लो तहसम्म संघीय परिषद् प्रणाली
संघीय प्रदेश परिषद्
संघीय जिल्ला परिषद्
संघीय नगर/गाउँ परिषद्
यी परिषद्हरू :
अग्रज, अनुभवी नेताको नेतृत्वमा
कार्यकारी कमिटीको मार्गदर्शन गर्ने
अनुशासन र वैचारिक निरन्तरताको ग्यारेन्टी बन्ने।

७. नैतिक, राजनीतिक र आर्थिक अनुशासन
निम्न व्यक्तिहरू कुनै कमिटीमा रहने छैनन् :
भ्रष्टाचारमा मुछिएका
जनताबाट अस्वीकृत
पार्टीविरोधी अन्तरघातमा संलग्न
कडा  आर्थिक अनुशासन
नैतिक मापदण्ड
जीवनशैली परीक्षण
पार्टी = जनताको विश्वास पुनः प्राप्त गर्ने अभियान।

८. अधिवेशन र पुनर्निर्माण प्रक्रिया
पार्टी तलबाट माथि अधिवेशनमा जाने :
वडा
नगर/गाउँ
जिल्ला
प्रदेश
केन्द्रीय
समयावधि : करिब १ वर्ष।
यस अवधिमा :
संगठन सुदृढीकरण
कार्यकर्ता प्रशिक्षण
जनसंघर्षको पुनर्जागरण

९. निष्कर्षात्मक प्रस्ताव
कम्युनिस्ट आन्दोलन :
व्यक्तिमा होइन, प्रणालीमा बलियो हुनुपर्छ।
नेतृत्व परिवर्तन :
विस्थापन होइन, भूमिका पुनःपरिभाषा हो।
अग्रज :
इतिहास होइन, संस्थागत शक्ति हुन्।
युवा : उत्तराधिकारी होइन, संघर्षबाट खारिएका नेता बन्ने प्रक्रियामा होमिनुपर्दछ।
(आन्तरिक छलफल र बहसको निम्ति  )

केन्द्रीय सदस्य नेपाली कम्युनिस्ट पार्टी झापा

Comments are closed

Related Post