Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिष्ट पार्टी भाेजपुर -काठमाडौं सम्पर्क समितीले गर्यो एकता सन्देश सभा
देश

नेपाली कम्युनिष्ट पार्टी भाेजपुर -काठमाडौं सम्पर्क समितीले गर्यो एकता सन्देश सभा

Email :132

काठमाडौ  । नेपाली कम्युनिष्ट पार्टी अन्तर्गत तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एकीकृत समाजवादी) भोजपुर- काठमान्डौ सम्पर्क समितिको संयुक्त आयोजनामा एकता सन्देश सभा सम्पन्न भएको छ।

 

पुस २६ गते शनिबार अनामनगर काठमाडौंमा सम्पन्न सभा तत्कालीन नेकपा (एकीकृत समाजवादी) भोजपुर–काठमाडौं सम्पर्क समितिको अध्यक्ष भद्र पराजुलीको अध्यक्षतामा तथा नेपाली कम्युनिस्ट पार्टीका नेता जयन्ती राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सभामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्यद्वय पर्शुराम तामाङ र अजम्बर राई (काङमाङ), सल्लाहकार प्रा. डा. शिवकुमार राई, अनेरास्ववियु पुर्व अध्यक्ष सुदेश पाराजुली साथै केन्द्रीय सदस्यहरू तथा प्रदेश नं. १ का नेताहरूको उल्लेख्य उपस्थिति रहेको सम्पर्क कमिटी सचिव एटम बिद्रोहीले बताउनुभएको छ । देशै भरिको सम्पर्क मन्चहरुमा भोजपुरले पहिलो एकता सन्देश सभा गरेको पनि सचिब एटमले बताए ।

 

कार्यक्रममा वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै एकता, संगठन मजबुतिकरण र कार्ययोजनाबारे धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन दीपक साम्पाङले गरेका थिए भने स्वागत मन्तव्य विक्रम लकान्द्रीले राखेका थिए। समापन मन्तव्य अध्यक्ष भद्र पराजुलीले व्यक्त गरेका हुन ।

Comments are closed

Related Post