Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिष्ट पार्टीले प्रवासबाट सिफारिस गर्‍यो समानुपातिकमा ४ जनाको नाम
देश

नेपाली कम्युनिष्ट पार्टीले प्रवासबाट सिफारिस गर्‍यो समानुपातिकमा ४ जनाको नाम

Email :112
काठमाडौ  । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवास क्षेत्रबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सांसदहरूको नाम सिफारिस गरेको छ। साविक नेकपा (एकीकृत समाजवादी) को प्रवासी नेपाली एकता मञ्चको तर्फबाट २ पुरुष र २ महिला गरि ४ जनाको नाम सिफारिस गरेको हो।

सिफारिस हुनेमा जापानबाट दोर्ण सिलवाल, अमेरिकाबाट सीता खरेल, कुवेतबाट देवशमसेर घिसिङ र कतारबाट सनोबर जँहा छन्।

पार्टीको विशेष सर्कुलर अनुसार माग गरिएबमोजिम ४ जनाको नाम प्रवास संगठनले बनाएको सिफारिस कार्यदल तथा पदाधिकारीको बैठकले सर्वसम्मत रूपमा निर्णय गरेर पठाएको हो।

 

साविक प्रवासी नेपाली एकता मञ्चको तर्फबाट इच्छुकमध्येबाट पार्टीको उम्मेदवार मापदण्ड अनुसार समावेशीतालाई समेत विशेष ध्यान दिइएको एकता मञ्चका उपाध्यक्ष शंकर पन्तले जानकारी दिए।

‘प्रवासमा हालसम्म पनि संगठन एकता नभइसकेको कारणले साविकका आ-आफ्ना संगठनले पार्टीले मागेअनुसार समानुपातिक सांसदको नाम पठाउने सहमति भएको’, पन्तले बताए।

 

नेकपाले पुस १० गते आफ्ना मातहत कमिटीलाई विशेष सर्कुलर पठाएर आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकका सम्भावित उम्मेदवारको नामावली पठाउन भनेको छ।

 

Comments are closed

Related Post