Shopping cart

  • Home
  • समाज
  • नेपालका बिपिन सहित हमासद्वारा ४८ बन्धकहरूको तस्बिर सार्वजनिक
अन्तर्राष्ट्रिय

नेपालका बिपिन सहित हमासद्वारा ४८ बन्धकहरूको तस्बिर सार्वजनिक

Email :104

काठमाडौं । हमासको सशस्त्र टोलीले गाजामा रहेका ४८ इजरेली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै एक तस्बिर सार्वजनिक गरेको छ ।

४८ जनाको उक्त तस्बिरमा नेपालका विपिन जोशी समेत छन् ।  तस्बिरमा मैन बत्ती बालिएको छ । इजरायलले उक्त क्षेत्रलाई कब्जा गर्ने र ध्वस्त पार्ने काम जारी राख्दा बन्धकहरूको तस्बिर सार्वजनिक भएको हो ।

 

शनिवार सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्धकहरूको अनुहार देखाइएको जनाइएको छ । इजरायलले गाजा कब्जा गर्न अघि बढेपछि बन्धकहरूको बिदाइ तस्बिर भन्दै सार्वजनिक गरिएको हो ।

जसलाई रोन अराड भनेर शीर्षक दिइएको थियो, जुन १९८६ मा लेबनानमा हराएका इस्रायली वायुसेनाका क्याप्टेनको सन्दर्भ हो ।

 

शनिबार लाखौं इजरायलीहरू तेल अभिभ र अन्य शहरका सडकमा उत्रेर सरकारको विरोध गरिरहेको र युद्ध अन्त्य गरी सबै बन्दी फर्काउन तुरुन्तै सम्झौता गर्न माग गर्ने तयारी भइरहेको बेला हमासले यो सूची सार्वजनिक गरेको हो ।

Comments are closed

Related Post