Shopping cart

  • Home
  • स्वास्थ्य
  • नेकपा काभ्रे २ को प्रतिबद्दता दोलालघाटलाई जल पर्यटन गन्तव्यमा विकास गर्ने देखि मानव -वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्म
अर्थ

नेकपा काभ्रे २ को प्रतिबद्दता दोलालघाटलाई जल पर्यटन गन्तव्यमा विकास गर्ने देखि मानव -वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्म

Email :60

काभ्रेपलान्चोक ।  नेपाली कम्युनिस्ट पार्टी काभ्रे २ का उम्मेदवार बसुन्धरा हुमागार्यले निर्वाचन क्षेत्र लक्षित प्रतिवद्दतापत्र सार्वजनिक गर्नुभएको छ ।

प्रतिबद्धतापत्र मार्फत हुमागाईँले काभ्रेलाई “आत्मनिर्भर, सुरक्षित र समृद्ध जिल्ला”का रूपमा विकास गर्ने संकल्प व्यक्त गर्नुभएको छ ।

सार्वजनिक प्रतिबद्धतामा उहाँले दोलालघाटलाई सुरक्षित र दिगो जल–पर्यटन गन्तव्यका रूपमा विकास गर्ने विशेष योजना अघि सार्नुभएको छ। बोटिङ पूर्वाधार, सुरक्षाका उपाय, प्रशिक्षित अपरेटर उत्पादन, होमस्टे प्रवर्द्धन तथा सांस्कृतिक पर्यटनसँग एकीकरण गर्दै “नदीको सम्भावना, रोजगारीको अवसर–दोलालघाटबाट समृद्धि” अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।

त्यसैगरी बेथानचोक, चौबास र सुलिकोटलाई नयाँ पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने र स्थानीय उत्पादनलाई पर्यटक बजारसँग एकीकृत गर्ने योजना प्रस्तुत गरिएको छ।

 

कृषि, रोजगारी र पूर्वाधारमा जोड

हुमागाईँले कृषि क्षेत्रको रूपान्तरणलाई प्राथमिकतामा राख्दै किसान परिचयपत्र, मल–बीउको सहज उपलब्धता, शीतभण्डार, कृषि सङ्कलन केन्द्र र डिजिटल बजार प्रणाली विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पाँचखाल विशेष आर्थिक क्षेत्र ९सेज० लाई पूर्ण सञ्चालनमा ल्याई स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तथा कम्तीमा ५०५ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

अरनिको राजमार्ग स्तरोन्नति, ग्रामीण सडक बाह्रै महिना सञ्चालन, स्वच्छ खानेपानी, सिँचाइ विस्तार र डिजिटल पहुँच विस्तारलाई पूर्वाधार प्राथमिकतामा राखिएको छ। धुलिखेल–बनेपा–पनौती रिङरोड सम्भाव्यता अध्ययन र प्रदेश राजधानी हेटौँडासँग जोड्ने सडक स्तरोन्नतिको पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण

काभ्रेमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्वलाई सम्बोधन गर्दै वन्यजन्तु आवास सुधार, वैकल्पिक आहारा क्षेत्र विकास, बाँदर तथा बँदेलबाट हुने क्षतिको वैज्ञानिक क्षतिपूर्ति प्रणाली र स्थानीय समुदायको नेतृत्वमा निगरानी कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।

सामाजिक विकास र डिजिटल हब

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई मौलिक अधिकारका रूपमा कार्यान्वयन गर्ने, सामुदायिक विद्यालय सुदृढीकरण, स्वास्थ्य बिमा विस्तार र जेष्ठ नागरिकमैत्री पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता पनि समेटिएको छ। पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रलाई राष्ट्रिय डिजिटल सुरक्षा हबका रूपमा विस्तार गर्ने, राहदानी र राष्ट्रिय परिचयपत्रमा उन्नत सुरक्षा फिचर लागू गर्ने योजना उल्लेख गरिएको छ।

उम्मेदवार हुमागाईँले “जनताको आवाज संसदमा, पारदर्शी शासन र समावेशी विकास” आफ्नो मूल मन्त्र रहेको बताउँदै फागुन २१ गते हुने निर्वाचनमा समर्थनका लागि मतदातासमक्ष अपिल गर्नुभएको छ।

प्रतिवद्दताकाे पूर्ण पाठ 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२, काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बसुन्धारा हुमागाईँको प्रतिबद्धता
आदरणीय काभ्रेपलाञ्चोक जिल्लाका दाजुभाइ तथा दिदीबहिनीहरू,
नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख अर्थतन्त्र र जनताको सर्वोच्चताको आदर्शलाई आत्मसात् गर्दै, काभ्रेपालञ्चोकको ऐतिहासिक भूमिका, कृषि, पर्यटनको सम्भावना, श्रमिक र किसानको योगदान तथा युवाको सपनालाई केन्द्रमा राख्दै, प्रतिनिधि सभा निर्वाचन २०८२ मा मप्रति तपाईँहरूको विश्वासको अपेक्षासहित उम्मेदवार बनेको छु । काभ्रेपालञ्चोक जिल्ला ऐतिहासिक, सांस्कृतिक र कृषि सम्भावनाले भरिपूर्ण भए तापनि अव्यवस्थित विकास, कमजोर पूर्वाधार, किसानका उत्पादनले उचित मूल्य नपाउनु, युवाको बढ्दो वैदेशिक पलायन, स्वास्थ्य र शिक्षामा असमान पहुँचजस्ता समस्याले पीडित छ । लोकतान्त्रिक गणतन्त्र स्थापना र सङ्घीय संरचना कार्यान्वयनपछि पनि काभ्रेवासी जनताले अनुभूति गर्ने खालको समावेशी, न्यायपूर्ण र आत्मनिर्भरताको परिस्थिति अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। यही यथार्थलाई मध्यनजर गर्दै जनताको श्रम, सिप र स्रोतलाई केन्द्रमा राखी काभ्रेपालञ्चोकलाई समृद्ध, सुरक्षित र सम्मानजनक जिल्लाका रूपमा विकास गर्ने दृढ सङ्कल्पका साथ प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि म देहायअनुसारका प्रतिबद्धताहरू जनतासामु स्पष्ट रूपमा प्रस्तुत गर्दछु ः
१) व्यवस्थापिका सदस्यको रूपमा मेरो भूमिका ः
‘जनताको आवाज संसदमा, पारदर्शी शासन, समावेशी र सबल विकास मेरो प्रतिबद्धता ।’
– काभ्रे–२ का जनताको आवाज संसदमा प्रभावकारी रूपमा प्रतिनिधित्व गर्दै प्राथमिक आवश्यकता अनुसार नीति र ऐनकानुनको समयानुकूल सुधार र कार्यान्वयन सुनिश्चित गर्न पहल गर्ने ।
– सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय, सहकार्य र साझेदारीको व्यवहारिक परिवेश सिर्जना गरी राज्यका तीनओटै तहहरूबिच सन्तुलन कायम गर्ने ।
– विकास बजेट, योजना बैँक र सामाजिक सुरक्षा प्रणालीको न्यायोचित, समानुपातिक र परिणाममुखी वितरण सुनिश्चित गर्दै अल्पकालीनदेखि दीर्घकालीन रणनीतिक योजनाको कार्यान्वयन, अनुगमन र प्रभाव अध्ययनका लागि एकीकृत प्रणाली निर्माण गर्न पहल गर्ने ।
– शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, सुशासन र सामाजिक सुरक्षा प्रणाली सुधार गरी सबल, समावेशी र दिगो विकास सुनिश्चित गर्न पहल गर्ने ।
– राज्यबाट हुने सेवाप्रवामा पारदर्शिता, कार्यदक्षता र प्रभावकारिता वृद्धि गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति लागु गर्न पहल गर्ने ।
– सांसद र जनताबिच नियमित संवाद कार्यक्रम सञ्चालन गरी राष्ट्रिय, प्रादेशिक र स्थानीय आवश्यकता अनुसार नीति तर्जुमा गरी कार्यान्वयनको प्रयास गर्ने ।
– प्राकृतिक स्रोत र साधनको दियो उपयोग र वितरणका लागि जनसहभागिता अभिवृद्धि गर्न गहल गर्ने ।
– वातावरणमैत्री, हरित र दिगो विकास योजनाहरूको कार्यान्वयन सुनिश्चित गर्न पहल गर्ने ।
– ऐन कानुनको समयानुकुल सुधार र कार्यान्वयनको प्रत्याभूति तथा प्रभाव मूल्याङ्कका लागि प्रयत्न गर्ने ।
– सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार सञ्चालनमा समन्वयका लागि आवश्यक नीतिगत व्यवस्था सुनिश्चित आवश्यक प्रयत्न गर्ने ।
– राष्ट्रिय स्वाधीनता र सन्तुलित विदेश नीतिका लागि सशक्त भूमिका निर्वाह गर्ने । जस्का लागि देहायका कार्यहरू गरिने छः
– छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग समानताको आधारमा सहसम्बन्ध विस्तार गर्ने तथा उनीहरूसँगको सम्बन्धलाई तटस्थ र पञ्चशीलका आधारमा कायम राख्ने ।
– राष्ट्रिय हितमा आधारित स्वतन्त्र र सन्तुलित विदेश नीति कायम राख्ने ।
– सीमा सुरक्षा, राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षणका लागि पहल गर्ने ।
– भूराजनीतिक रूपमा राष्ट्रको संवेदनशीलतालाई ख्याल गर्दै सन्तुलित कुटनीति अपनाउने पक्षमा भूमिका निभाउने ।
२) आयआर्जन र रोजगारी सिर्जनाः
‘काम खोज्न बाहिर जानु नपर्ने अवस्था सिर्जना गर्ने’
– कृषि, पशुपालन, पर्यटन र जडीबुटीमा आधारित स्थानीय उद्यम प्रवर्धन गर्ने ।
– युवालाई लक्षित सिपमूलक तालिम र स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन गर्ने ।
– महिला, विपन्न तथा दलित समुदायका लागि स्वरोजगार तालिम र साना उद्योग सञञ्चनका लागि प्रोत्साहन गर्ने ।
– वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि पुनःस्थापना कोष निर्माणमा पहल गर्ने ।
३) पर्यटनमा आधारित अर्थतन्त्र निर्माणका लागिः
‘धार्मिक र सांस्कृतिक, शिक्षा, स्वस्थ्य, कृषि, र पर्यापर्यटनबाट समृद्ध काभ्रे’
– सार्वजनिक निजी साझेदारीमा पर्यटन पूर्वाधार विकासका लागि प्रयास गर्ने ।
– धार्मिक स्थल, ऐतिहासिक मन्दिर, गुम्बा, चैत्य, जात्रा र परम्परालाई पर्यटनसँग जोड्ने ।
– होमस्टे, होटल, रेस्टुरेन्ट, स्थानीय गाइड र हस्तकला उद्योग प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने ।
– युवालाई पर्यटन गाइड, होटल व्यवस्थापन, भाषा र सेवा तालिम प्रदान गर्ने ।
– स्थानीय कृषि, परिकार र उत्पादनलाई पर्यटक बजारसँग जोड्ने ।
– दोलालघाटलाई सुरक्षित, दिगो र आकर्षक जलपर्यटन गन्तव्यका रूपमा विकास गर्ने । जसका लागि बोटिङ पूर्वाधार, सुरक्षा उपाय र प्रशिक्षित अपरेटर तयार गर्ने, स्थानीय रोजगारीका लागि होमस्टे र सांस्कृतिक पर्यटनसँग एकीकरण गर्ने, निजी क्षेत्र सहकार्य र पर्यटक प्रवर्धन अभियान थाल्ने ।
– बेथानचोक,चौबास र सुलिकोटमा पर्यटन पूर्वाधार र गन्तव्य निर्धारणका लागि प्रयास गर्ने ।
– ‘नदीको सम्भावना, रोजगारीको अवसर–दोलालघाटबाट समृद्धि ।’ अभियान सञ्चालन गर्ने ।
४) सांस्कृतिक सम्पदा संरक्षणः
– काभ्रेका ऐतिहासिक मठ, मन्दिर, जात्रा, भाषा र संस्कृतिको संरक्षणमा प्रयास गर्ने ।
– सांस्कृतिक सम्पदालाई पर्यटन र रोजगारीसँग जोड्ने नीतिगत व्यवस्था गर्ने ।
– पुरातात्विक स्थलहरूको अभिलेखीकरण र संरक्षणका लागि प्रयास गर्ने ।
– स्थानीय जात्रा र परम्परालाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय पहिचान दिलाउने ।
– सांस्कृतिक पर्यटन मार्ग (ऋगतिगचब ित्यगचष्कm ऋष्चअगष्त)पहिचान गरी विकासका लागि प्रयास गर्ने ।
५) भौतिक पूर्वाधार विकासका प्राथमिकता क्षेत्रः
‘सडक, खानेपानी, सिँचाइ, ऊर्जा र डिजिटल पहुँच’
– अरनिको राजमार्ग तथा सहायक सडकहरूको स्तरोन्नति र दीर्घकालीन समाधानका लागि प्रयास गर्ने ।
– ग्रामीण सडकलाई बाह्रै महिना चल्ने बनाउन अभियान चलाउने ।
– सुरक्षित सार्वजनिक यातायात र दुर्घटना न्यूनीकरणका कार्यक्रमका लागि प्रयास गर्ने ।
– गाउँबस्ती जोड्ने गुणस्तरीय र दिगो सडक निर्माण, स्तरोन्नती र सडक संरक्षणकार्यका लागि प्रयास गर्ने ।
– स्वच्छ खानेपानी र सिँचाइ आयोजनाको थप विस्तारका लागि प्रयास गर्ने ।
– ग्रामीण क्षेत्रमा भरपर्दो इन्टरनेट सेवाको पहुँच र विस्तारका लागि पहल गर्ने ।
– विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनको स्तरोन्नति, संरक्षण र उपयोगका लागि पहल गर्ने ।
– प्रदेश राजधाजी हेटौँडा जोड्ने पनौति–खोपासी–ढुङखर्क– हेटौडा सडकको स्तरोन्नतिका लागि पहल गर्ने ।
– बेथानचोक – हेटौडा र सिपाघाट – भक्तपुर सुरूङ मार्ग सम्व्यव्यता अध्ययन गर्न प्रयत्न गर्ने ।
– थानीयत तहहरूसँगको समन्वयमा सहर र बस्तीहरूलाई स्मार्ट सिटीको रूपमा अगाडि बढाउन पहल गर्ने ।
– धुलिखेल–बनेपा–पनौती रिङरोडको संभाव्यता अध्ययनका लागि पहल गर्ने ।
६) कृषि क्षेत्रको रूपान्तरण र आत्मनिर्भरताः
‘सबल बीउ, सुरक्षित औषधि, आधुनिक बजार– आत्मनिर्भर कृषि हाम्रो लक्ष्य’
– किसानहरूको वर्गीकरण गरी किसान परिचय पत्र प्रदान गर्ने र परिचयका आधारमा सहुलियत प्राप्त गर्ने संरचनाको विकासका लागि पहल गर्ने ।
– मल, बीउ र कृषि औषधि व्यवस्थापनलाई सहज रूपमा उपलब्ध गराउन सङ्घीयस्तरमा प्रभावकारी नीति निर्माणका लागि प्रयत्न गर्ने ।
– कृषि अनुसन्धान प्रतिष्ठान(नार्क) द्वारा सिफारिस भएका स्थानीय हावापानी अनुकूल प्रमाणित तथा उन्नत बीउको सुनिश्चित आपूर्तिका लाग प्रयास गर्ने ।
– कृषिबालीमा लाग्ने रोग र किरा नियन्त्रणका लागि सुरक्षित र वैज्ञानिक कृषि औषधिको पहुँचका लागि प्रयास गर्ने ।
– प्रत्येक पालिकामा कृषि सेवा केन्द्र सुदृढीकरण गरी प्राविधिक सेवा विस्तार गर्ने ।
– स्थानीय तहमा कृषिजन्य उत्पादन र सङ्कलन, प्रदेश तहबाट प्रशोधन, औद्योगिकरण, ब्रान्डिङ, लेबलिङ र बजारीकरण र सङ्घबाट अनुसन्धान, क्वारेन्टाइन र अन्तर्राष्ट्रिय बजारको व्यवस्था गर्ने गरी कृषिलाई व्यवस्थित र कृषकहरूलाई आत्मनिर्भर बनाउन प्रयास गर्ने ।
– कृषकहरूका लागि सिजनअनुसारको रासायनिक मल आवश्यकताका आधारमा सहजरूपमा उपलब्ध हुने सुनिश्चितताका लागि पहल गर्ने ।
– कृषि मल कारखाना निर्माणको लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने ।
– पाँचखाल, मण्डनदेउपुर, बनेपा, धुलिखेल, पनौती, बेथानचोक लगायत निर्वाचन क्षेत्र नं २ का कृषि उपजका पकेट क्षेत्रलाई कृषि हवको रूपमा विकास गर्न प्रयास गर्ने ।
– कृषि बजारीकरण र मूल्य सुनिश्चितता जस्तै– समर्थनमूल्य, कृषि सङ्कलन केन्द्र, शीतभण्डार केन्द्र, प्रशोधन र मूल्य अभिवृध्दि, किसान र बजारलाई जोड्ने आधुनिक तथा डिजिटल बजार प्रणाली विकास गर्न प्रयास गर्ने ।
७) मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणः
‘वन्यजन्तु र बस्तीबिच सन्तुलन कायम गर्नः’
– वन्यजन्तु आवास सुधार तथा वैकल्पिक आहारा क्षेत्रको विकास गर्न पहल गर्ने ।
– बाँदर, बँदेल लगायत वन्यजन्तुबाट हुने क्षतिका लागि स्थायी र वैज्ञानिक क्षतिपूर्ति प्रणाली विकास गर्त पहल गर्ने ।
– वन्यजन्तु नियन्त्रण र निगरानीमा स्थानीय समुदायको नेतृत्वमा कार्यक्रम सञ्चालन गर्ने ।
८) काभ्रेमा वनको दिगो र जनमुखी उपयोगः
‘काभ्रेको जल, जङ्गल र जडिबुटीको दिगो विकास, उद्ययमशीलता प्रवर्धन गरी रोजगारी सुनिश्चित गरौं ।’
– पाँचखाल, मण्डनदेउपुर, बनेपा, धुलिखेल, पनौती, बेथानचोक भुम्लुलगायत निर्वाचन क्षेत्र नं २ का सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत सञ्चालन गर्न पहल गर्ने ।
– सामुदायिक वनबाट काठ, दाउरा, जडीबुटी र गैरकाष्ठ वनउपजको दिगो उपयोग गर्न पहल गर्ने ।
– बनेपा, पनौती, सल्लेभुम्लु, पाँचखाल केन्द्रित वनमा आधारित उद्योग स्थापनाका लागि प्रयत्न गर्ने ।
– वन, पानी र कृषि जोड्ने ब्नचय–ायचभकतचथ काय्र्रम सञ्चालन गर्न ग्रयास गर्ने ।
– काभ्रेको जल, जङ्गल र जडिबुटीको एकीकृत योजना तयार गर्ने ।
९) खानेपानी योजनाः
– बनेपा, धुलिखेल र पनौतीमा दीर्घकालीन बृहत् एकीकृत खानेपानी योजनाको वैज्ञानिक कार्यान्वयन र समुचित वितरण व्यवस्था गर्ने ।
– खानेपानीको मुहानहरूको थप सम्भाव्यता अध्ययन, संरक्षण, विस्तार र दिगो व्यवस्थापन गर्ने ।
– वर्षाको पानी सङ्कलन प्रणाली प्रवर्धनका लागि प्रयास गर्ने ।
– खानेपानी उपभोक्ता समितिको सुदृढीकरण गरी जनसहभागिता र पारदर्शिता सुनिश्चिताक लागि पहल गर्ने ।
– फोहोर पानी प्रशोधन गरी सुरक्षित र स्वच्छ पिउने पानीको व्यवस्था गर्ने ।
१०) फोहोरमैला व्यवस्थापनः
– बनेपा, पनौती, धुलिखेल र पाँचखालो एकीकृत फोहोर व्यवस्थापन गर्न प्रयास गर्ने ।
– वर्तमान अव्यवस्थि फोहोर उत्सर्जन र विसर्जनलाई कसैलाई पनि असर नपर्नेगरि सहअस्तित्त्व, सहमति र सहभागितामा अल्पकालीन र दिर्घकालीन योजना निर्माण गरिने ।
११) विपद् व्यवस्थापन योजनाः
‘विपद् आउनु अघि तयारी, विपद् पछि पुनः स्थापना’
– रोशी जलाधार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम कार्यान्वयन गर्न पहल गर्ने ।
– बाढी, पहिरो जोखिमयुक्त क्षेत्रको पहिचान गरी र आवश्यक सामग्रीसहित पूर्वतयारी गर्ने ।
– पहिरो नियन्त्रण, नदी तटबन्धन र हरित क्षेत्र निर्धारण गरी संरक्षण गर्न पहल गर्ने ।
– विपद् पीडितका लागि तत्काल राहत, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्थाका लागि पहल गर्ने ।
– विपद् बिमा, स्थानीय आपतकालीन कोषको व्यवस्थाका लागि प्रयास गर्ने ।
– तिनओटै तहका सरकारको समन्वयमा प्रत्येक पालिकामा विपद् उद्धारका लागि तलिम प्राप्त दक्ष जनशक्ति, स्रोत र साधनको व्यवस्था गर्न प्रयास गरिने छ ।
१२) दिगो र एकीकृत भौतिक पूर्वाधार व्यवस्थापनः
– सडक, विद्युत्, सञ्चार र खानेपानी करिडोरको एकीकृत व्यवस्थापनका लागि प्रयास गरिने ।
– अव्यवस्थित बस्ती विस्तार नियन्त्रण गरी मादण्डसहितको बस्ती व्यवस्थापनमा पहल गर्ने ।
– सडक लगायतका भौतिक निर्माणमा वातावरणीय पक्षलाई प्राथमिकता राखी वातावरण सन्तुलनमा खलल नपर्ने गरी व्यवस्थित पूर्वाधार निर्माणका लागि पहल गर्ने ।
– व्यापार, पर्यटन र रोजगारी करिडोर क्षेत्र पहिचान गरी यसलाई रोजगार केन्द्रको रूपमा विकास गर्ने ।
१३) सामाजिक विकासः
‘कोही पनि अवसरबाट वञ्चित हुन नपरोस्’
– काठमाडौँ विश्व विद्यालय, धुलिखेल अस्पताल, सिरिमेमोरियल अस्पताल लगायतका शिक्षा र स्वास्थ्यसँग सम्बन्धित संस्थहरूसँगको सहकार्यमा काभ्रे जिल्लालाई शिक्षा र स्वास्थ्य क्षेत्रको हवको रूपमा विकास गर्न पहल गर्ने ।
– शिक्षा, स्वास्थ्य, खानेपानी, आवास र सामाजिक सुरक्षालाई नागरिकको मौलिक अधिकारका रूपमा संविधानले दिएका विषयलाई व्यवहारिक कार्यान्वयनका पहल गर्ने ।
– निःशुल्क तथा गुणस्तरीय आधारभूत शिक्षा र सार्वजनिक विद्यालयको सुदृढीकरणका लागि थप प्रयास गर्ने ।
– सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा ऐनमा सुधार परिमार्जनका लागि आवश्यक पहल गर्ने ।
– प्रत्येक पालिका र आवश्यकताअनुसार वडा तहसम्म सामुदायिक अध्ययन केन्द्रको व्यवस्थाका लागि पहल गर्ने ।
– सामुदायिक पुस्तकालयको व्यवस्थाका लागि पालिकाहरूसँगको समन्वयमा कार्यक्रम अगाडि बढाउन पहल गर्ने ।
– सामुदायिक अध्ययन केन्द्र र पुस्तकालहरूमा इपुस्तकालयको व्यवस्थाका लागि पहल गर्ने ।
– सबै नागरिकका लागि पहुँचयोग्य, गुणस्तरीय र निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने ।
– नागरिक स्वास्थ्य बिमा कार्यक्रमलाई अनिवार्यरूपमा सबै नागरिक तहमा पु¥याउन पहल गर्ने ।
– सुरक्षित खानेपानी, सरसफाई र स्वच्छ वातावरणको दीर्घकालीन समाधान गर्ने ।
– महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विपन्न वर्गको सशक्तीकरणका लागि अझै प्रयास गर्ने ।
– जातीय, लैङ्गिक, वर्गीय र क्षेत्रीय विभेदको अन्त्यका लागि कानुनी र संस्थागत पहल गर्ने ।
– सामाजिक सुरक्षा भत्ता तथा कार्यक्रमलाई पारदर्शी, प्रभावकारी र वास्तविक वर्ग वा पक्ष लक्षित बनाउन प्रयास गर्ने ।
– श्रमिक, किसान र न्यून आय भएका वर्गको जीवनस्तर सुधार गर्ने सामाजिक विकास नीतिका लाग प्रयास गर्ने ।
– बालबालिका, किशोर किशोरी र युवाको संरक्षण, सहभागिता र नेतृत्व विकासका लागि पहल गर्ने ।
– अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त पूर्वाधार र रोजगारीका अवसरका लागि प्रयास गर्ने ।
– एकल महिला, सहिद तथा बेपत्ता परिवारका लागि विशेष सामाजिक संरक्षणका लागि थप पहल गर्ने ।
– समुदायमा आधारित विकास, सहकारी र सामाजिक एकतामा आधारित कार्यक्रम विस्तारका लागि पहल गर्ने ।
– लागु औषधिको प्रयोग, घरेलु हिंसा र सामाजिक विकृतिविरुद्ध समुदायमा आधारित अभियान सञ्चालका लागि पहल गर्ने ।
– जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गर्ने ।
– सबै जेष्ठ नागरिकका लागि निःशुल्क तथा पहुँचयोग्य स्वास्थ्य सेवा र नियमित स्वास्थ्य परीक्षण, औषधोपचार, जाँच र उपचारमा विशेष सहुलियतको व्यवस्थाका लागि पहल गर्ने ।
– जिल्ला र स्थानीय तहमा जेष्ठ नागरिक मैत्री स्वास्थ्य केन्द्र तथा सेवा विस्तारका लागि पहल गर्ने ।
– जेष्ठ नागरिकमैत्री सार्वजनिक पूर्वाधार (¥याम्प, सुरक्षित बाटो, शौचालय, यातायात) निर्माणका लागि नीति तथा कानुनी प्रकृयाका लागि पहल गर्ने ।
– एक्ला, अशक्त र सहाराविहीन जेष्ठ नागरिकका लागि समुदायमा आधारित हेरचाह प्रणाली विकास, संरक्षण तथा हेरचाह कार्यक्रमका लगि पहल गर्ने ।
– जेष्ठ नागरिकको ज्ञान, अनुभव र सिपलाई समाज र स्थानीय विकासमा उपयोग गर्ने नीतिका लागि प्रयास गर्ने ।
– पारिवारिक तथा सामाजिक हिंसा, उपेक्षा र दुव्र्यवहारविरुद्ध कडा कानुनी संरक्षण तथा जेष्ठ नागरिकको सामाजिक सहभागिता, सम्मान र आत्मसम्मान अभिवृद्धि गर्ने कार्यक्रमका लागि पहल गर्ने ।
१४) पनौतीलाई राष्ट्रिय डिजिटल सुरक्षा हब बनाउनेः
‘पनौतीबाट सुरक्षित कागजात, सुरक्षित डिजिटल नेपालको सुरुआत ।’
काभ्रे निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पनौतीमा अवस्थित सुरक्षण मुद्रण केन्द्रलाई कागजी मुद्रण मात्र नभई म्ष्नष्तब िक्भअगचष्तथ ७ ऋथदभच क्ष्ललयखबतष्यल ज्गद को रूपमा विस्तार र विकास गर्न आवश्यक नीतिगत, कानुनी र प्राविधिक पहल गरिनेछ। जसका लागिः–
– राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्समा उन्नत सुरक्षा फिचर लागु गर्न पहल गर्ने ।
– ऋथदभच क्भअगचष्तथ ीबद र म्ष्नष्तब िब्गतजभलतष्अबतष्यल च्भकभबचअज ग्लष्त स्थापनाका लागि पहल गर्ने ।
– स्थानीय युवालाई प्राविधिक तथा प्रशासनिक रोजगारीमा प्राथमिकता दिने कार्यका लागि सक्रिय रहने ।
– विश्वविद्यालय र अनुसन्धान संस्थासँग सहकार्य गरी तालिम र इन्टर्नसिपको लागि पहल गर्ने ।
१५) पाँचखालको विशेष आर्थिक क्षेत्र(सेज) को पूर्वाधार तयारीका लागि तीव्र कार्यान्वयनः
– काभ्रे निर्वाचन क्षेत्र नं. २ को दिगो आर्थिक रूपान्तरणका लागि पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र(सेज) लाई राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास गर्न पहल गरिने छ । यस परियोजनालाई कृषि निर्यात, औद्योगिक विस्तार, रोजगारी सिर्जना तथा आधुनिक लजिस्टिक प्रणालीसँग एकीकृत गर्दै समयमै पूर्ण सञ्चालनमा ल्याउन आवश्यक नीति, पूर्वाधार र संस्थागत सुधारका लागि पहल गरिने छ । जसको लागिः–
‘स्थानीय उत्पादनलाई विश्व बजारको बाटोमा, रोजगारी आफ्नै माटोमा ।’
– चारलेन पहुँचमार्ग, गोदाम, डिजिटल कस्टम प्रणाली स्थापना
– कोल्ड स्टोरेज, ग्रेडिङ र प्याकेजिङ सुविधा विस्तार
– कम्तीमा ५०% स्थानीय रोजगारी सुनिश्चितता
– निजी क्षेत्र सहकार्य (एएए मोडेल) मार्फत व्यवसाय र लगानी प्रवर्धन
– वातावरणीय सुरक्षा र हरित बन्दरगाह अवधारणाको कार्यान्वयन।
१६) मदन भण्डारी विश्वविद्यालयको निर्माण र सञ्चालनमा तीव्रताः
‘साधारण शिक्षा मात्र होइन, उत्पादनशील शिक्षा, रोजगारी र नवप्रवर्तन ।’
– पाँचखालमा निर्माणाधीन मदन भण्डारी विश्वविद्यालयलाई अनुसन्धानमा आधारित, प्रविधि मैत्री र रोजगारीउन्मुख संस्थाको रूपमा विकास गरी काभ्रे क्षेत्र नं २ लाई राष्ट्रिय शैक्षिक केन्द्र बनाउन पहल गरिने छ। स्थानीय विद्यार्थीलाई छात्रवृत्ति, स्थानीय युवालाई रोजगारी र विश्वविद्यालयसँग उद्योगहरूको सहकार्यलाई प्राथमिकता दिइने छ । जसका लागिः–
– चरणबद्ध रूपमा सङ्काय विस्तार र गुणस्तरीयताको सुनिश्चितता
– उद्योगहरूसँग सहकार्य, अनुसन्धान कोष र छात्रवृत्ति व्यवस्था
– स्थानीय युवालाई प्राथमिकता दिई प्रशासनिक तथा प्राविधिक रोजगारीका आधारहरूको तयारी ।
– विश्वविद्यालय सहर अवधारणा (ग्लष्खभचकष्तथ त्यधल ःयमभ)ि कार्यान्वयन।
१७) सुकुम्बासी तथा भूमिहीन समस्या समाधानः
– काभ्रे क्षेत्र नं २ का वास्तविक सुकुम्बासी र भूमिहीन नागरिकको पहिचान, प्रमाणीकरण गरी दीर्घकालीन पुनस्र्थापनालाई प्राथमिकता दिइने छ। भूमि अधिकारलाई राजनीतिक नाराभन्दा माथि उठाई कानुनी, पारदर्शी, न्यायपूर्ण र सचेत ढङ्गले समाधान गर्न पहल गरिने छ ।
१८) युवा तथा खेलकुदः
‘युवालाई कुलत होइन, खेलमैदान’
– काभ्रे क्षेत्र नं २ मा तिनै तहका सरकारको सहकार्यमा प्रत्येक पालिकामा बहुउद्देश्यीय खेलमैदान तथा कतिपय सम्भावित ठाउँमा मिनी स्टेडियम निर्माण गर्दै विद्यालयस्तरमा नियमित लिग र प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्न पहल गरिने छ । स्थानीय प्रशिक्षक उत्पादन, खेल सामग्री अनुदान र क्लब सहजीकरणका साथै ‘काभ्रे–२ युथ स्पोट्र्स फन्ड’ मार्फत वार्षिक प्रतियोगिता आयोजना गरी विशेष प्रशिक्षण केन्द्र स्थापना गर्दै खेलकुदलाई रोजगारी, छात्रवृत्ति र स्वास्थ्यसँग जोडिने छ ।
अन्त्यमा,
आदरणीय आमा–बुवा, दिदी–बहिनी तथा दाजुभाइहरू ! र विशेषतः परिवर्तनको सपना बोकेका मेरा युवासाथीहरू !
जनताको भरोसा, माटोप्रतिको माया र भविष्यप्रतिको जिम्मेवारीका साथ काभ्रेपलाञ्चोक क्षेत्र नं. २ लाई आत्मनिर्भर, सुरक्षित र समृद्ध बनाउने दृढ सङ्कल्प लिएको छु । समावेशी विकास, रोजगारी सिर्जना, सुशासन, दिगो पूर्वाधार, कृषि र पर्यटन प्रवर्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा डिजिटल नवप्रवर्तनमार्फत सबै नागरिकलाई अवसर र सम्मानजनक जीवन सुनिश्चित गर्ने तिबद्धता गरेको छु । यो प्रतिबद्धता व्यक्तिगत वाचा मात्र नभई काभ्रेवासी जनताको साझा सङ्कल्प भएकाले, यसको सफल कार्यान्वयन जनताको सक्रिय सहभागिता र विश्वासबाट सम्भव हुने विश्वास व्यक्त गर्दछु । त्यसकारण तपाईँहरूको, मेरो, हाम्रो यो सङ्कल्प पुरा गर्न यही फागुन २१ गतेको निर्वाचनमा चुनाब चिन्ह तारामा भोट दिई तपाईँहरूको प्रतिनिधि म बसुन्धारा हुमगाईँलाई अत्याधिक मतले विजयी गराउन विनम्र अपिल गर्दछु ।
धन्यवाद !

Comments are closed

Related Post