Shopping cart

  • Home
  • राजनिती
  • नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक
देश

नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

Email :17

काठमाडौँ । २१ फागुनको चुनाव आउन ४ दिन मात्रै बाँकी रहँदा नेपाली कम्युनिष्ट पार्टीका नेता, तथा कार्यकर्ताहरु आ–आफ्नो वडा तथा टोल टोलमा केन्द्रीत भएका छन् । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा प्रचारप्रसार तथा घरदैलो गर्न पाइदैनँ । प्रचारप्रसारको अन्तिम दिन नेकपाका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो वडा तथा टोलहरुमा केन्द्रीत भएर पार्टीलाई जिताउनका लागि सक्रिय भएका हुन् । दिनप्रतिदिन नेकपाको पक्षमा माहोल बन्दै गइरहेको नेताहरुले बताउँदै आएका थिए । चुनावी प्रसारप्रसारको अन्तिम दिनमा आइपुग्दा नेकपाको पक्षमा देशभर जनलहर सिर्जना भएको नेताहरुको भनाई छ ।

नेकपाका नेता अग्नि प्रसाद सापकोटाले प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा नेकपा पहिलो पार्टी बन्ने अवस्थामा पुगेको बताए । ‘देशभरको अवस्था हेर्दा नेकपाको पक्षमा जनलहर देखिएको छ । मतदाताको माया र अपेक्षा नेकपाप्रति नै देखियो । हामी पहिलो पार्टी बन्नेछौँ ।’ उनले भने । आज दिनभर नेकपाले देशभर घरदैलो र मतदाता भेटघाट कार्यक्रम राख्ने जनाइएको छ ।

पार्टीले सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु निर्वाचन सम्पन्न नभएसम्म अनिवार्य रुपमा आफ्नो निर्वाचन क्षेत्रमा परिचालन हुन विशेष निर्देशन नै जारी गरेको थियो । नेकपाले पार्टी र जनवर्गिय संगठन, मोर्चाका सबै सदस्य निर्वाचनमा मतदान गर्न अनिवार्य रुपमा उपस्थित हुन पनि भनेको छ ।

Comments are closed

Related Post