नेकपा स्रोतका अनुसार कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरे छानिएका छन् ।
लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी टुंगो लागेको छ ।
यस्तै कर्णालीमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ ।
सुदूरपश्चिममा अन्ततर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनारको नाम टुंगो लागेको छ । बागमतीमा अन्यतर्फ प्रेम सापकोटा, सरोज कुमारी झा (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालको नाम टुंगो लगाएको छ ।
यस्तै गण्डकीमा अन्यतर्फ कपिल लामा र अर्का एक जनाको नाम टुंगिन बाँकी रहेको नेताहरुले बताएका छन् । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।














Comments are closed