काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन रसुवामा आएको बाढी र त्यसले पारेको क्षेतीबारे स्थलगत अनुगमन र परिचालनका नुवाकोट पुगेका छन् ।
भोटेकोशीमा आएको बाढीले पु¥याएको क्षेती, उद्धार, राहत तथा पुनस्थापना र पुनर्निर्माणका लागि सरकारले गरिरहेको पहलबारे नेता पुनले जानकारी लिएका छन् । आफ्नो पार्टीका नेता कार्यकर्तालाई उद्धार तथा राहतका लागि परिचालन गर्न समेत पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुन आज नुवाकोटको बिदुर पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।
नेता पुनले बिदुर पुगेर फिल्डमा खटिएका गृहमन्त्री सुधन गुरुङसँग छलफल गरि सुझाव समेत दिएका थिए । गृहमन्त्री र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसँगको छलफलबारे नेता पुनले नागरिकको जिवन रक्षा र राहतलाई पहिलो प्राथामिकतामा राख्न आग्रह गरेको जानकारी दिए ।
उनले भने, ‘निरीक्षणका क्रममा माननीय गृहमन्त्री सुधन गुरुङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायसँग उद्धार, राहत र पुनःस्थापनाका विषयमा गम्भीर छलफल भएको छ। विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र तत्काल राहतलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छु।’
त्यसक्रममा नेता पुनले बाढीमा परेर सम्पर्कविहीन भएका २५ राेल्पाली नागरिकबारे पनि ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘सोही क्रममा रसुवागढी क्षेत्रमा सम्पर्कविहीन रहेका रोल्पाका २५ जना नागरिकसहित सबै नागरिकको तीव्र खोजी, उद्धार र सुरक्षित पुनःस्थापनाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छु।’
‘विपद्को पीडामा रहेका परिवारहरूलाई आशा र भरोसा दिलाउनु राज्यको दायित्व हो। हराइरहेका आफन्तहरूको सकुशल उद्धारका लागि खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन निरन्तर पहल र समन्वय गर्नेछु’, नेता पुनले भने ।













Comments are closed