Shopping cart

देश

नुवाकोटमा एकै घरबाट २४ शव फेला, खोजी जारी

Email :67

नुवाकोट । बाढीले तहसनहस बनाएको विदुर नगरपालिका-१०, बेत्रावतीमा एउटा घरभित्रबाट २४ वटा शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार सोमबार खोजीका क्रममा ती शव फेला परेका हुन्। घरभित्र अझै खोजी जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

घर होटल वा गेस्ट हाउस हुनसक्ने अनुमान गरिए पनि घरधनी र यति ठूलो संख्यामा मानिस कसरी त्यहाँ पुगे भन्ने विषय खुल्न सकेको छैन।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो मानवीय क्षति पुर्‍याएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा निरन्तर खटिएको छ।

Comments are closed

Related Post