Shopping cart

  • Home
  • राजनिती
  • निर्वाचन समीक्षा गर्दै राष्ट्रिय सम्मेलनको तयारीमा नेकपा (संयुक्त)
देश

निर्वाचन समीक्षा गर्दै राष्ट्रिय सम्मेलनको तयारीमा नेकपा (संयुक्त)

Email :100

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्दै आगामी राष्ट्रिय सम्मेलनको तयारी अघि बढाउने निर्णय गरेको छ।

मैतीदेवीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको सहभागिता, अभियान र परिणामबारे समग्र समीक्षा गरेको पार्टी प्रचार विभाग म्रमुख दामोदर अर्यालले एक प्रेस वक्तव्य मार्फत बताए । बैठक पार्टी अध्यक्ष चन्द्रदेव जोशीको अध्यक्षतामा तथा कार्यवाहक अध्यक्ष घनश्याम भुसालको उपस्थितिमा बसेको थियो।

बैठकले निर्वाचनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र राजनीतिक गतिविधि प्रभावकारी बनाउने विषयमा छलफल गरेको बताइएको छ।

पार्टीका अनुसार केन्द्रीय संगठन विभागले निर्वाचनसम्बन्धी गतिविधिको विस्तृत मूल्यांकन गरी प्रतिवेदन तयार गर्नेछ। उक्त प्रतिवेदन आगामी राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकमा पेश गरिने बताइएको छ।

बैठकले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी संगठनलाई थप सक्रिय बनाउँदै जनतामाझ पार्टीको उपस्थितिलाई बलियो बनाउने रणनीतिबारे पनि छलफल गरेको जनाएको छ। साथै, राष्ट्रिय सम्मेलनलाई सफल बनाउन आवश्यक तयारी तीव्र पार्ने निर्णय गरिएको छ।

पार्टीले आगामी दिनमा संगठन विस्तार, राजनीतिक एजेन्डालाई स्पष्ट बनाउने तथा वामपन्थी शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे पनि छलफल अघि बढाउने संकेत दिएको छ। पार्टीको राष्ट्रिय सम्मेलन आयोजक कमिटीको वैठक यहि चैत्र १४,१५ र १६ गते काठमाडौमा आयोजना गरिने बताईएको छ ।

Comments are closed

Related Post