Shopping cart

  • Home
  • समाज
  • निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फ निर्वाचित सांसदको सूची
देश

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फ निर्वाचित सांसदको सूची

Email :92

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको फागुन २१ गते भएको चुनावको समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूची सार्वजनिक गरेको छ । आयोगमा दलहरूले आइतबार नाम सिफारिस गरेका थिए  । सिफारिसका आधारमा आयोगले सोमबार समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले समानुपातिकतर्फका नतिजासमेत सार्वजनिक गरेसँगै अब निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोगले अब निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नेछ । साथै अब रास्वपाले नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्नेछ । रास्वपाले आफ्ना सबै निर्वाचित सांसदहरूलाई दुईदिने अभिमुखीकरण भोलि र पर्सि गर्दै छ । त्यसपछि संसदीय दलको नेता चयन गरी रास्वपाले एकल बहुमतीय सरकार बनाउनेछ । बालेन्द्र शाह बालेन नै रास्वपाबाट प्रधानमन्त्री बन्दै छन् ।

mps (1)

mps (2)

mps (3)

mps (4)

Comments are closed

Related Post