Email :76
काठमाडौं । राजधानीबाट मुग्लिनतर्फ जाने सवारीका लागिनागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याइएको छ। सुरुङमार्गबाट पेट्रोलियम पदार्थ बोकेका सवारी र दुईपाङ्ग्रे बाहेकका अन्य सवारीलाई आवतजावत गर्न दिइएको छ।
नागढुंगा-पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित बनेको थियो। सडक विभागका अनुसार भासिएको सडकको प्राविधिक अध्ययनपछि मात्रै स्थायी मर्मत अघि बढाइनेछ। मर्मत सम्पन्न भएपछि सबै सवारीका लागि मार्ग पूर्ण रूपमा सञ्चालन गरिनेछ।














Comments are closed