Email :67
काठमाडौं । जेनजी रेड फोर्स संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले सोधपुछ गरेको छ ।
मंगलबार भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा बोलाएर अनुसन्धान अधिकृतहरुले सोधपुछ गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट तिमल्सिनाले ‘नाकाबन्दी’ बारेमा सामाजिक सञ्जालमार्फत अनर्गल प्रचार गरेकोबारे सोधपुछ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । उनलाई सोधपुछ पछि प्रहरीले कागज गराएर छोडेको बताईएको छ ।














Comments are closed