Shopping cart

  • Home
  • राजनिती
  • धुनिबेशीमा नेकपाको घरदैलो अभियान तीव्र,पाण्डेसँगै शालिकराम जम्कटेलको सहभागिता
देश

धुनिबेशीमा नेकपाको घरदैलो अभियान तीव्र,पाण्डेसँगै शालिकराम जम्कटेलको सहभागिता

Email :19

धादिङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले धुनिबेशी नगरपालिका वडा नं. ७ अन्तर्गत लिखु, मजुवा र तोप्लाङ क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलोका क्रममा पाण्डेले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्राथमिकता रहेको बताउनुभयो। उहाँले धादिङको समग्र विकासका लागि नीतिगत सुधार र सुशासन आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा शालिकराम जम्कटेलको पनि विशेष सहभागिता रहेको थियो। उहाँले स्थानीय मतदातासँग संवाद गर्दै आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो। जम्कटेलले धादिङको दिगो विकासका लागि अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो।

घरदैलो कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मतदाताहरूले आफ्ना समस्या र अपेक्षाहरू उम्मेदवारसमक्ष राख्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

Comments are closed

Related Post