Shopping cart

  • Home
  • समाज
  • धादिङको विकासका लागि ‘पाँचकुने तारा’ चिन्हमा मतदान गर्न आह्वान
देश

धादिङको विकासका लागि ‘पाँचकुने तारा’ चिन्हमा मतदान गर्न आह्वान

Email :62

धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ जिल्लामा चुनावी गतिविधि तीव्र बनेको छ। जिल्लाका विभिन्न स्थानमा घरदैलो, कोणसभा र भेटघाट कार्यक्रममार्फत उम्मेदवारहरूले मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का  ‘पाँच कुने तारा’ चुनाव चिह्नमा मतदान गरी राजेन्द्र प्रसाद पाण्डे (धादिङ क्षेत्र नं. १) र राम बहादुर भण्डारी (धादिङ क्षेत्र नं. २) लाई विजयी गराउन समर्थकहरूले आह्वान गरेका छन्।

समर्थकहरूका अनुसार राजेन्द्र प्रसाद पाण्डे अनुभवी र परिपक्व नेतृत्वका रूपमा स्थापित व्यक्ति हुन्। लामो राजनीतिक यात्राका क्रममा उनले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण पहल गरेको दाबी गरिएको छ। जिल्लामा सडक सञ्जाल विस्तार, विद्यालय स्तरोन्नति तथा स्वास्थ्य संस्थाको सुदृढीकरणमा उनको योगदान उल्लेखनीय रहेको भन्दै समर्थकहरूले पुनः अवसर दिनुपर्ने तर्क अघि सारेका छन्।

त्यसैगरी, राम बहादुर भण्डारीलाई जनताको सुख–दुःखमा साथ दिने, सरल र पहुँचयोग्य नेताका रूपमा चित्रण गरिएको छ। स्थानीय तहदेखि नै सामाजिक गतिविधिमा सक्रिय भण्डारी जनतासँग प्रत्यक्ष संवाद गर्ने र समस्या समाधानमा तत्पर रहने नेताका रूपमा परिचित रहेको उनका समर्थकहरूको भनाइ छ। उनी धादिङ क्षेत्र नं. २ मा विकास र रोजगारी सिर्जनाका एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्।

दुवै उम्मेदवारले कृषि आधुनिकीकरण, सडक स्तरोन्नति, खानेपानी तथा सिँचाइ सुविधा विस्तार, युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताएका छन्। “तारा” चिन्हमा मतदान गर्नु भनेको स्थिरता, सुशासन र समृद्धिको पक्षमा मत दिनु भएको समर्थकहरूको दाबी छ।

चुनावी प्रचारप्रसार अन्तर्गत दुवै उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले आफूहरूलाई विजयी गराए धादिङलाई नमूना जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय बुद्धिजीवी तथा समर्थकहरू विकासको निरन्तरता र सुशासनका लागि अनुभवी नेतृत्व आवश्यक रहेको बताउँछन्। निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङमा चुनावी माहोल झन् सक्रिय बन्दै गएको छ, र मतदाताहरू आफ्नो रोजाइ तय गर्ने तयारीमा जुटेका छन्।

Comments are closed

Related Post