Shopping cart

  • Home
  • राजनिती
  • धनुषा–१ का मतदाता भन्छन् : मातृका यादवको विकल्प छैन
देश

धनुषा–१ का मतदाता भन्छन् : मातृका यादवको विकल्प छैन

Email :20

धनुषा । धनुषा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै मतदाताहरूले स्पष्ट शब्दमा भनिरहेका छन्–“मधेसको अधिकार र राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्न सक्ने नेता मातृकाप्रसाद यादवको यहाँ विकल्प छैन।”

घरदैलो अभियानका क्रममा बस्ती–बस्तीमा पुग्दा स्थानीयवासीले विकास, प्रतिनिधित्व र आफ्ना भावनाको सम्बोधन हुने नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्। उनीहरूको साझा गुनासो छ– “जितेर जानेहरूले बजेट त ल्याउलान्, तर हाम्रा भावना कसले बुझ्ने ?”

स्थानीय मतदाताहरू यसपटक केवल जनप्रतिनिधि होइन, एक बलियो अभिभावकको खोजीमा रहेको देखिन्छ। एक वृद्ध मतदाताले भने, “हामीलाई केन्द्रमा गएर डराउने होइन, हाम्रो हकका लागि दृढतापूर्वक आवाज उठाउने नेता चाहिएको छ। त्यो सामर्थ्य मातृकाजीमा छ।”

प्रचार अभियानका क्रममा उम्मेदवार यादवसँग भेटघाट गर्दा मतदाताहरूले विशेषगरी खानेपानी र सिँचाइको अभावलाई प्रमुख समस्याका रूपमा उठाएका छन्। “खेतहरू सुक्खा छन्, धारामा पानी छैन,” स्थानीय कृषकहरूको यो पीडा सुन्दा यादव भावुक बनेका थिए।

उनले मतदातालाई आश्वस्त पार्दै भने, “मधेसी जनताको सामूहिक विकास र अधिकार नै मेरो प्राथमिकता हो। म पदमा रहँदा होस् वा नरहँदा, यस क्षेत्रको सुख–दुःखमा सधैँ साथमा छु र रहनेछु।” उनले यी समस्यालाई राज्यको मूलधारसम्म पुर्‍याएर समाधानका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यस क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, जसपा नेपालका दीपक कार्की तथा रास्वपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। राष्ट्रिय राजनीतिमा रास्वपाको लहर चर्चामा रहे पनि धनुषा–१ मा भने मातृका यादवको व्यक्तिगत राजनीतिक पृष्ठभूमि, संघर्ष र प्रभाव नै मुख्य प्रतिस्पर्धी आधार बनेको देखिन्छ।

झण्डै दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको नेकपाका उम्मेदवार यादवले यसपटक आफ्ना पुराना असन्तुष्ट सहकर्मी तथा पूर्व माओवादी धारका नेता–कार्यकर्तालाई समेत गोलबद्ध गर्न सफल भएका छन्। उनीहरू यतिबेला यादवलाई जिताउन एकताबद्ध रूपमा सक्रिय छन्।

सामन्तवादविरुद्ध संघर्षको नारा बोकेर राजनीतिमा प्रवेश गरेका मातृका यादवका लागि यो निर्वाचन केवल अंकगणितको प्रतिस्पर्धा मात्र होइन, मधेसी पहिचान र अधिकारको निरन्तर संघर्षको एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

Comments are closed

Related Post