Shopping cart

  • Home
  • समाज
  • देश प्रतिक्रान्तिको दोसाँधमा छ- प्रचण्ड
अन्तर्राष्ट्रिय

देश प्रतिक्रान्तिको दोसाँधमा छ- प्रचण्ड

Email :87

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो विकसित परिस्थितिका कारण साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध पार्टीले राष्ट्रिय आन्दोलनलाई मुख्य राजनीतिक एजेन्डा बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

 

बिहीबारदेखि प्रज्ञा भवनमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा देश उभिएको बताए । उनले वस्तुगत र आत्मगत समिक्षाबाट अब नयाँ रणनीति तय गर्नुपर्ने समेत बताए ।

‘हामी राजनीतिक एजेन्डाका हिसाबले सही छौँ, तर कार्यान्वयनमा कमजोरी छ’ उनले भने, ‘पार्टी र जनताबिचका अन्तर्विरोधका कारण आफ्नै मुद्दामा नेतृत्व लिन नसकेको आत्मसमिक्षा गर्नैपर्छ ।’ उनले प्रतिवेदनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारको दमन र प्रतिक्रियावादी शक्तिको चलखेलका कारण भयावह नतिजा आएको उल्लेख गरेका छन् ।

‘संविधान, लोकतन्त्र र क्रान्तिका उपलब्धि जोगाउन हामीले अन्तिम क्षणसम्म पहल गरेका थियौँ । यही कारण आजसम्म संविधान र मूल व्यवस्था बचेको छ’ उनको भनाइ छ । उनले मंसिरमा प्रस्तावित विशेष महाधिवेशन घोषणा गर्दै वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

त्यस्तै, तोकिएको समयमै आगामी फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्नुपर्नेमा भन्दै उनले निर्वाचन तयारीलाई महाधिवेशन तयारीसँगै अघि बढाइने र उम्मेदवारीमा युवा पुस्ता र नयाँ अनुहारलाई प्राथमिकता दिने स्पष्ट पारे । साथै, उनले पार्टी नेतृत्वदेखि सबै तहसम्म सांस्कृतिक र संस्थागत रूपान्तरण आवश्यक रहेको भन्दै जनअपेक्षाअनुरूप कार्यशैली बदल्नुपर्ने आवश्यकता औँल्याए ।

Comments are closed

Related Post