Shopping cart

  • Home
  • समाज
  • देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक प्रचण्ड
मुख्य समाचार

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक प्रचण्ड

Email :89

संखुवासभा : नेकपा (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी संखुवासभाको एकता सन्देश सभामा संयोजक पूचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन् ।

 

उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । संकटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।

 

संयोजक दाहालले हालै देखिएको जेनजी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको स्पष्ट पारे । जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी सच्चिएर अघि बढ्ने बताए ।

Comments are closed

Related Post