Email :25
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएको छैन भन्ने भाष्य गलत भएको बताएका छन् ।
शनिवार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उनले भने ,‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ । तर अझै हुन बाँकि छ । त्यो गर्दै जानुपर्छ । दमकमा पिच सडक हेर्न राजमार्ग जानुपर्दथ्यो । अहिले बेडबाटै हेर्न सक्नु हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि सुधार आएको छ । अझै गर्दै जानुपर्नेछ ।’
अध्यक्ष ओलीले आफ्नो निर्वाचन झापा क्षेत्र नम्बर ५ मा पनि पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम भएको बताए ।














Comments are closed