Shopping cart

  • Home
  • समाज
  • देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल
देश

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल

Email :51

चितवन । सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नु पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको आज निरिक्षण पछि बोल्दै उहाँले अहिले सरकारले

सरकारी संञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनि गरेको बताउनुभयो । उहाँले भन्नुभयो “देशभर कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्न जरुरी रहेको छ ।”

उहाँले पत्रकारका कार्यालयहरूमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “लोक कल्याणकारी बिज्ञापनको सहि तरीकाले सबै सञ्चार माध्यममा पु¥याउन जरुरी छ ।” निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराउनुभएको थियो ।

मन्त्री खरेलले समाचार संकलनका क्रममा जाँदा दुर्घटनामा पर्नु भएका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गर्नु भएको छ ।

Comments are closed

Related Post