Shopping cart

  • Home
  • समाज
  • देउवा परिवारमाथि पनि अनुसन्धान सुरु, घर भत्काउन रोक
अर्थ

देउवा परिवारमाथि पनि अनुसन्धान सुरु, घर भत्काउन रोक

Email :63

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाविरुद्ध पनि अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

विभागले पूर्व प्रधानमन्त्री समेत रहेका देउवासहित उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा र उनको पूरै परिवारविरुद्ध अनुसन्धान सुरु गरेको हो । विभागले प्रमाण नष्ट हुन सक्ने भन्दै उनको घर भत्काउन रोक लगाएको छ ।

जेन–जी आन्दोलनको क्रममा आगजनी र तोडफोड गरिएको देउवाको बुढानीलकण्डसिथत घर केही दिनअघिदेखि भत्काउन सुरु गरिएको थियो ।

Comments are closed

Related Post