Shopping cart

  • Home
  • राजनिती
  • दीर्घकालीन परियोजनामा लगानी बढाउन अर्थमन्त्री खनालको आग्रह
अर्थ

दीर्घकालीन परियोजनामा लगानी बढाउन अर्थमन्त्री खनालको आग्रह

Email :81

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले अघि सारेका दीर्घकालीन गौरवका आयोजनाहरूमा नागरिक लगानी कोषले लगानी गर्नुपर्ने बताएका छन् । कोषको ३६ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री खनालले बुढीगण्डकी जलविद्युत् आयोजना जस्ता ठुला परियोजनामा कोषले आफ्नो पुँजी परिचालन गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खनालले कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको औँल्याउँदै दोहोरो करको समस्या समाधान गर्न आगामी सरकारले ठोस कदम चाल्ने विश्वास व्यक्त गरे । बजारमा रहेको अधिक तरलता न्यूनीकरणका लागि सरकारले १५ देखि २० वर्ष अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको उनले जानकारी दिए ।

यस्तै, कृषि परियोजनाका लागि भूमिको हदबन्दी हटाउने र सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा नयाँ काम गर्न सकिने उनको भनाइ थियो ।

 

Comments are closed

Related Post