काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले वैकल्पिक राजनैतिक शक्तिहरूसँग भेटघाट बढाएका छन् । उनले बुधबार र बिहीबार दिनभरि छलफल र भेटघाटमा विताए ।
दलीय राजनीतिमा सक्रिय हुनका लागि भेटवार्तालाई तीव्रता दिएको बताईन्छ । सोमवार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग लामो कुराकानी गरेपछि भेटघाटलाई तीव्रता दिएका मेयर शाहले गएराति मेयर शाहले नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, तत्कालीन विवेकशील पार्टीका नेता मिलन पाण्डे, सञ्चारकर्मी सुरजसिंह ठकुरी, ऋषि धमला लगायतसँग छलफल गरेका थिए ।
बालेनले सक्रिय राजनीतिमा आउने निश्चय गरेसँगै बुधवार काँग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाही, नाउपाका संरक्षक रेशम चौधरी, डा. भगवान कोइरालासहित दर्जन स्वतन्त्र व्यक्ति र नेताहरूसँग छलफल गरेका थिए ।
यसबीचमा मन्त्री कुलमान घिसिङ लगायतसँग भेट गरिसकेका मेयर शाहले आफ्ना सल्लाहकार ललितपुर ज्वागल स्थित कुमार बेनको घरमा बसेर रास्वपाका सभापति लामिछानेदेखि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई लगायतसँग छलफल गरेका हुन् ।
शाहलाई भेट्नेहरू नवयुवा प्रतिनिधि रक्षा बम, रास्वपा नेता शिशिर खनाल, नेता अमरेश सिंह, कांग्रेस नेता सुनिल शर्मा लगायतसँग भेट भएको छ ।














Comments are closed